कतारमा लोकदोहोरी

काठमाडौं — विभिन्न गायकगायिकाको प्रस्तुति साथ कतारका नेपालीहरूले नयाँ वर्षको स्वागत गरेका छन् । दोहामा आयोजित सांगीतिक प्रस्तुतिका लागि अमेरिकाबाट लोकदोहोरी गायक भगवान भण्डारी, जापानबाट रामकृष्ण बम मल्ल, नेपालबाट भगिरथ चलाउने, जुना श्रीस मगर, तेजस रेग्मी, रमेश भट्टराई पुगेका थिए ।

कतारमा लोकदोहोरी

उनीहरूले आआफ्ना प्रस्तुतिमार्फत दर्शकश्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, गाउँघरको मौलिक भाकामा गाउँघरकै कथाव्यथा गाएर प्रवासी मनलाई भावुक तुल्याएको आयोजक वसन्त फिल्मस्ले विज्ञप्तिमा जनाएको छ । मुख्य आर्कषण बनेका गायक भण्डारीले ‘खैरेनीमा गेट...’, ‘वनमा काँडा छ...’, ‘फूलमा भमरा...’ लगायतका चर्चित गीत गाएको आयोजकले जनाएको छ ।

मल्लले ‘दिनमा नि सपना देख्न थालियो...’, ‘सालै जो...’, ‘मेरो मायाको सीमामा नाकाबन्दी लायौ...’ जस्ता प्रस्तुति दिए । हास्य कलाकार यादव देवकोटा (सरापे) ले समसामयिक विषयमा हँसाए । कतारमै रहेका कलाकारहरू अजय परियार, तुफान काफ्ले, सन्त तामाङ, अन्जान सुनार लगायतले ‘काले दाइ...’ गीतमा नृत्य प्रस्तुति दिए । अभिनेत्री मन्जिता केसी पनि नाचिन् ।

सांगीतिक प्रस्तुतिपछि कलाकारलाई सम्मान गरिएको वसन्त फिल्म्सका अध्यक्ष ईश्वर काफ्लेले जनाए । सम्मानितहरूलाई प्रमुख अतिथि विलबहादुर गुरुङ, साहित्यकार एवं संस्थाका प्रमुख सल्लाहकार माया केसी, उत्तम गुरुङ, एनआरएन कतारका महासचिव नन्द गर्बुजा लगायतले सम्मानपत्र र दोसल्ला अर्पण गरेका थिए ।

प्रकाशित : वैशाख ६, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?