१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मलेसियामा हत्या अभियोगमा मुद्दा खेपेका अशोक निर्दोष साबित

घरफिर्ती केन्द्रबाट २४ नेपालीको उद्धार

क्‍वालालम्पुर — एकजना मलेसियाली नागरिक हत्याको अभियोगमा मुद्दा खेप्दै आएका किमे ९ गुम्थाङ, सिन्धुपाल्चोकका अशोक लामा (लालबहादुर तामाङ) निर्दोष साबित भएका छन् ।

मलेसियामा हत्या अभियोगमा मुद्दा खेपेका अशोक निर्दोष साबित

‘मुथुभेलु गोविन्दन’ नाम गरेका मलेसियाली नागरिक हत्याको आरोपमा गत सन् २०१५ नोभेम्बरमा पक्राउ परी मुद्दा खेप्दै आएका सेक्युरिटी गार्डमा कार्यरत लामामाथि मृत्युदण्ड  मागसहित मुद्दा लगाइएको थियो । नेपाली दूतावासका अनुसार कानुनी परामर्श दातृ (वकिल) कारेन जीत कौरले गतवर्ष जुन १४ मा लामामाथि झुटो मुद्दा लगाइएको सम्बन्धमा सार्वजनिक मुद्दा चलाउने कार्यालयमा निवेदन दिएकी थिइन् । साथै उनले लामाको मुद्दामा गत मार्च ८ मा शाहअलामस्थित उच्च अदालमा बहस गरेकी थिइन् । अदालती फैसलापछि निर्दोष साबित भएका लामालाई बुधबार नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

यसैबीच, मलेसियाका विभिन्न घरफिर्ती केन्द्रहरुमा हवाईटिकट अभावमा रहेका २४ जना नेपालीलाई पनि टिकटको व्यवस्था मिलाई नेपाल फर्काइएको छ । यहाँको बुकित जलिल क्याम्पमा रहेका देउराली ६ नुवाकोटका बिफ लामा, हरिहरपुर १ सिन्धुलीका लीला ब्लोन, अन्नपूर्ण ६ भोजपुरका जयकुमार खवास, देवीगञ्ज ७ झापाका पदमबहादुर तामाङ, बोधे ३ धनकुटाका धीरेन्द्र याख्खा, ढोरफिर्दी ७ तनहुँका कमलबहादुर भुजेल र बुकित जलिल क्याम्पमै रहेका अन्य १८ सहित २४ जनालाई उद्दार गरी फर्काइएको  दूतावासले जनाएको छ । 

 

प्रकाशित : वैशाख ७, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?