१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘सायद २’को जापानबाट प्रदर्शनको सुरुवात

प्रकाश पन्थी

टोकियो, जापान — चलचित्र ‘सायद २’को जापानबाट प्रदर्शनको सुरूवात गरिने भएको छ । जापानको राजधानी टोकियोको नाकानो जिरो हलमा विशेष प्रदर्शनपछि नेपालका हलमा लाग्ने भएको हो ।

‘सायद २’को जापानबाट प्रदर्शनको सुरुवात

निर्माता सुनिल रावलका अनुसार नेपालमा ३० असारलाई प्रदर्शन मिति तोकिएको चलचित्र करिब दुई महिनाअघि १४ मे मा जापानमा देखाइने छ । प्रस्तोता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल समेत चलचित्र प्रिमियरको लागि १० मे मा जापान आउने रावलले जानकारी गराएका छन् । दुर्गिश फिल्मको व्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुविना श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

रावल निर्माता, सुनिल रावलको कथा, राजुविक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व र गोविन्द राई र विक्रम स्वारको नृत्य रहेको चलचित्रको लेखक तथा निर्देशन पुष्पराज न्यौपानेले गरेका छन् । चलचित्रको प्रदर्शनबाट संकलित रकमबाट जापानमा अध्यनरत सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृतिको लागि सहयोग गरिने योजना आयोजकको छ ।

प्रकाशित : वैशाख २२, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?