१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यसरी फेल भयो मानव तस्करको कनेक्सन

दिल्लीबाट ८२ जना महिलालाई पठाएकोमा ४४ जना मात्रै फिर्ता
होम कार्की

काठमाडौं — मानव तस्करहरुको ‘सेटिङ’मा घरेलु कामदार (हाउसमेड) खाडी देशसहित इराक र सिरिया पुग्नु नौलो होइन । नेपालकै विमानस्थल समेत सहज रुपमा प्रयोग गर्दैै आइरहेका उनीहरुका प्रमुख रोजाई भारतको विभिन्न विमानस्थल नै हुने गर्छ ।

यसरी फेल भयो मानव तस्करको कनेक्सन

तस्करहरुका लागि सधै एउटै दिन भएन । दिल्लीबाट उडाइएको ८२ जना नेपाली महिलामध्ये ४४ जना दुबईबाट अर्को देश जान पाएनन् । घरेलु काममा जाने नेपालीको लागि दिल्ली विमानस्थलका अधिकारीहरुले कडा चेकजाँच गर्न थालेको थियो । तस्करहरुले ट्राभल एजेन्सीसँग मिलेर दिल्ली–दुबई–केन्यासम्मको टिकट बनाएका थिए । नेपालीले केन्याको अनअराइभल भिसा पाउने हुँदा तस्करले केन्यासम्मको रुट देखाएर दिल्लीबाट पठाउन सफल भएका थिए । ती सबै महिलाहरु कुवेतका लागि पठाइएको थियो ।

दिल्ली अधिकारीहरुले प्रहरी महिलाबाट पुरै खानतलासी गर्न थालेपछि तस्करहरुले चलाखी गरे । महिलालाई दिल्ली–दुबई–केन्यासम्मको टिकट मात्रै दिएर पठाए । ‘ती महिलाहरु दिल्लीको अध्यागमन कटेर यात्रु प्रतिक्षा कक्षमा पुगेपछि कुवेतको भिसा र दुबई–कुवेतको हवाई टिकट थमाउनका लागि एक जना लोडर प्रयोग गरेका थिए । तर, लोडरले समयमै गएर टिकट र भिसा दिन सकेनन्,’ ती दलालको गतिविधिलाई नजिकबाट हेरेका कुवेतमा कार्यरत एक नेपालीले कान्तिपुरलाई भने ।

दुबई नपुग्दै तस्करहरुले केन्याको टिकट रद्द गरिसकेका थिए । महिलाहरु कुवेत जाने भिसा र टिकटको प्रतिक्षामा बस्न थाले । दैनिक हजारौं यात्रु रहने दुबई ट्रान्जिटमा महिलाहरु अलमलमा परे । कुवेत जानको लागि साथमा सक्कली भिसा हुनुपर्दथ्यो । फोटोकपी वा ‘स्क्यानिङ कपी’ले काम गर्दैन्थ्यो ।

कुवेतमा हाउसमेड सप्लाई गर्ने बंगाली, भारतीय र नेपाली दलालहरुले निकै प्रयास गरे पनि भिसा र टिकट समयमै उनीहरुका हातमा धमाउन सकेनन् । ‘धेरै दिन दुबई विमानस्थलमा रहेपछि मैले उनीहरुको गतिविधि हेरिरहेको थिएँ । डिउटीमा जाँदा उनीहरु मात्रै देखिराख्थें’, दुबई विमानस्थलमा कार्यरत एक नेपालीले भने, ‘यसबारेको सूचना दुबई अध्यागमन अधिकारीहरुलाई बताइदिएँ । उनीहरुको बिजोग हेर्न सकिनँ ।’

दुबईको अध्यागमन अधिकारीहरुले टिकट र भिसा नपाएका महिलाहरु खोज्न प्रत्येक यात्रु कक्षमा गए । उनीहरुलाई खोजी गर्दै एउटा यात्रु कक्षमा लगेर राखे । दुबईका अधिकारीहरुले ती महिलालाई ल्याउने एयर इन्डियनबाटै भारत फकाईदिए । बिनाभिसा ल्याएको भन्दै दुवई अध्यागमनले एयर इन्डियनमाथि समेत जरिवना लगाएको हुनसक्ने ती नेपालीले बताए । यात्रुहरु ट्रान्जिट अलपत्र भएमा बोक्ने जहाजमाथि कारबाही गर्ने दुबई अध्यागमनको नियम छ । ‘ती महिलाहरु फिर्ता भएपछि तस्करहरुलाई ठूलो नोक्सन परेको छ’, कुवेतमा रहेका ती नेपालीले भने, ‘जो जसलाई घरेलु कामदार दिन्छु भनेर पैसा लिएको थियो । उनीहरुले घरेलु कामदार मागिरहेका छन् ।’

तस्करीमा परेका ४४ महिला दुबई अध्यागमनद्वारा फिर्ता

प्रकाशित : वैशाख २२, २०७४ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?