कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सर पीडित कलाकार क्षेत्रीलाई बेल्जियमबाट सहयोग

बेल्जियम — कलाकार दीपक क्षेत्रीको उपचारार्थ बेल्जियमस्थित क्षेत्री समाजकी महासचिव यशु थापाको अगुवाईमा संकलित गरी पठाएको १ लाख १ सय रुपैयाँ शुक्रबार डिल्लीबजारस्थित उनकै निवासमा गएर हस्तान्तरण गरियो ।

क्यान्सर पीडित कलाकार क्षेत्रीलाई बेल्जियमबाट सहयोग

घाँटीको क्यान्सर लागेर स्वर गुमाउँदै गएका क्षेत्रीको उपचारमा ऐक्यबद्धता जनाउन सानै भएपनि सहयोग उपलव्ध गराइएको थापाले बताइन् । कमजोर आर्थिक अवस्थाका कारण क्यान्सरको उपचार गराउन समस्या परेपछि उनलाई देशभित्र र बाहिरबाट सहयोगी संकलन सुरु गरिएको छ ।

शुक्रबार नै अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुको पहलमा संकलित ४ लाख ७० हजार रुपैयाँ कलाकार क्षेत्रीलाई प्रदान गरिएको थियो । अभिनेत्री करिष्मा मानन्धरले उक्त रकम हस्तान्तरण गरेकी थिइन् । त्यस अघिपनि उनीहरुले ५ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

प्रकाशित : वैशाख २३, २०७४ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?