दमामको गार्डेनमा बस्दै आएका नेपालीलाई एनआरएनद्वारा आश्रय प्रदान

कान्तिपुर संवाददाता

काठमाडौं — गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ । दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ ।

दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

Yamaha

एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रीय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, कोषाध्यक्ष शुक्र मोक्तान, कार्गो ब्यबसायी जेन कुमार लामाको संयुक्त टोलीले नेपाली श्रमिकलाई भेटी अस्थाई आवासको व्यवस्था गरिदिएको हो ।
एनआरएनए साउदीको आपतकालिन उद्धार कोषबाट रकम निकासा हुने गरी दैनिक आवश्यक समाग्री, भाँडाकँुडा, चुलो, ग्यास लगायत खाद्यान्यको व्यवस्था गरिएको छ ।

साउदी सरकारद्वारा दिइएको ३ महिने आममाफीको समय सकिनै लाग्दा उनीहरु जेद्दा, जिजान, ताबुक लगायत बिभिन्न ठाँउहरूबाट बहिर्गमनको लागि दमाम आइपुगेका थिए । बस्ने ठाँउ नभएपछि उनीहरु सिको गार्डेनमा वस्न बिवश भएको थियो ।

एसओसए म्यानपावरलाई ७५ हजार नगद बुझाइ ८ महिना पहिले नासिर अल हाजरी कम्पनीमा पुगेका तुल्सीपुर दाङका सुनिल डाँगीले म्यानपावरले भनेको जस्तो नभएपछि कम्पनी छाडेर काम गरेको बताए ।
ती मध्ये १३ जनाले नेपालीले काममा लगाएर तलब नदिएपछि आफुहरुसँग रकम नभएको बताए । तलव नदिएकोले आफुहरू गार्डेनमा बस्न बाध्य भएको पीडितहरू बताउँछन् ।

प्रकाशित : वैशाख २३, २०७४ १८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रुकुममा कांग्रेस कार्यकर्ताद्वारा माआवादी कार्यकर्ता माथि ढुंगा प्रहार

हरि गौतम

रुकुम — नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा परी रुकुममा ६ जना माओवादी कार्यकर्ता र १ जना कर्मचारी घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, रातामाटामा घरदैलो गर्ने क्रममा कांग्रेस कार्यकर्ताले आÏना कार्यकर्तामाथि आक्रमण गरेको नेकपा माओवादीले जनाएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा परी रुकुममा ६ जना माओवादी कार्यकर्ता र १ जना कर्मचारी घाइते भएका छन् ।

मुसीकोट नगरपालिका–२, रातामाटामा घरदैलो गर्ने क्रममा कांग्रेस कार्यकर्ताले आÏना कार्यकर्तामाथि आक्रमण गरेको नेकपा माओवादीले जनाएको छ । घरदैलो गरिरहेका बेला रेशम खड्का नेतृत्वको टोलीले माथिबाट ढुंगा प्रहार गरी कार्यकर्तालाई घाइते बनाएको नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्बर २ का अध्यक्ष उम्मेदवार नरबहादुर खड्काले बताए ।

घाइते हुनेमा मुसिकोट नगरपालिका–२, का सुवास खड्का, भोगबहादुर खड्का, रमेश खड्का, जीवन राज खड्का, डम्बर बिक, अनिल पुनमगर र दलवहादुर खड्का रहेका छन् । घाइते मध्ये रमेश खड्का नेकपा माओवादीका तर्फबाट २ नम्बर वडा सदस्यका उम्मेदवार पनि हुन् । घाइते भोगबहादुरले छिमेकीको बिहेबाट फर्कंदै गर्दा ढुङ्गाले लागेको बताएका छन् ।

कांग्रेसका तर्फबाट सोही वडा अध्यक्षका उम्मेदवार काँशिराम खड्काले भने पार्टीको निर्देशनमा आक्रमण नभएको बताए । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा सोधपुछ गर्न प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

कांग्रेसका हिरामणि बस्यालसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक थम्मनवहादुर रजालीले बताए । उनका अनुसार पक्राउ पर्नेमा ४ जना माओवादीका कार्यकर्ता रहेका छन् । घटनामा संलग्न भएका भनिएका रेशम खड्का लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०७४ १७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT