कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अस्ट्रेलियामा सत्य–स्वरुप

नारायण खडका

अस्ट्रेलिया — गायक दाजुभाइ सत्य–स्वरूपराज आचार्यलाई यहाँका नेपाली दर्शकश्रोताले राम्रै साथ दिएका छन् । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका गायकहरूले अस्ट्रेलियाका पाँच सहरमा अपेक्षित मनोरञ्जन बाँडिसकेका छन् । डेढमहिने सांगीतिक प्रस्तुति लिएर आएका सत्य–स्वरूपलाई डार्बिनदेखि सिडनीसम्मका नेपालीले उत्तिकै माया दिएका छन् ।

अस्ट्रेलियामा सत्य–स्वरुप

नयाँ वर्षको अवसर पारेर एडिलेडदेखि सुरु भएको उनीहरूको यात्रा मेलबर्न, ब्रिसबन हुँदै डार्बिन र सिडनीसम्म पुगेको हो । चाँडै अर्काे सहर पर्थमा उनीहरू सुनिँदै छन् । 

‘अस्ट्रेलियाका नेपालीहरूले जुन माया र सम्मान हामीप्रति देखाइदिनुभएको छ, त्यसको बयान गर्न सक्तैनौं,’ शनिबार सिडनीको प्रस्तुतिपछि गायकद्वयले कान्तिपुरसँग भने, ‘हामीले दर्जनौं देश घुमिसके पनि यहाँ पाउने आतिथ्य र मायामा अलग किसिमको आफ्नोपना पाएका छौं ।’ 

नेपाली गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सिड्नीमा गरेको कन्सर्टमा उनीहरूले डेढ दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । आफ्ना बुबा भजनशिरोमणि भक्तराज आचार्यका गीतहरूदेखि आफ्ना नयाँ–पुराना गीतसम्म सुनाए ।

कन्सर्टमा यहाँ बसोबासरत नेपाली गायकगायिकाहरू प्रवेश अधिकारी, सुम्निमा सिंह र केदार बरुवालले समेत गीत सुनाएका थिए । राजेश्वर घिमिरेको कृति ‘गौतमबुद्धको सहर’ लोर्कापण गरिएको थियो ।

कन्सर्टमा इनासले कलाकार दीपक क्षेत्रीको सहयोगार्थ संकलन गरेको ३ हजार २ सय ७९ अस्ट्रेलियन डलर गायकद्वयलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?