कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कुवेतमा तीन नेपाली युवा मृत्युदण्डबाट जोगिए

चितवनका रानाभाट र कास्कीका गुरुङलाई जन्मकैद, काठमाडौंका शेर्पालाई चार वर्षको सजाय

काठमाडौं — मृत्युदण्डको सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई कुवेतको पुनरावेदन अदालतले जन्मकैदको सजाय दिने फैसला कायम गरेको छ । काठमाडौंका आङलाक्पा शेर्पालाई चार वर्षको सजाय तोकेको छ ।

कुवेतमा तीन नेपाली युवा मृत्युदण्डबाट जोगिए

यसअघि शेर्पा, रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । उनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए । मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारमान श्रेष्ठ र निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ ।

उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । प्रहरीले रानाभाटलाई दुई वर्षअघि पक्राउ गरेको थियो भने बाँकीलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषधको कारोबारको मुद्दा चलाएको थियो ।

कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ । सजनको परिवारले दुईजना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेको बेला पक्राउ परेको जानकारी पाएको बताए । कुवेतमा ६१ जना जेलमा रहेकामध्ये ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन आरोपमा अदालतमा मुद्दा चलिरहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७४ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?