नेपाली पर्यटनमा विदेशी चासो

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका पर्यटन व्यवसायीहरुलाई नेपालको पर्यटन बारेमा जानकारी दिने र नेपालमा पर्यटक भित्र्याउन प्रेरित गर्ने उद्देश्यले नेपाली दूतावास र वाणिज्य दूतावासले पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६० बढी विदेशी पर्यटन व्यवसायी, ३ देशका वाणिज्यदुतहरु र अस्ट्रेलियन नेताहरुको सहभागिता थियो ।

नेपाली पर्यटनमा विदेशी चासो

सहभागीहरुले नेपालको पर्यटकीय क्षेत्र र सम्भावनाका बारेमा चासो मात्र राखेनन् कि सुरक्षा र पर्यटकीय सम्भावनाहरुका बारेमा समेत छलफल गरेका थिए । फरक किसिमले आयोजना गरिएको कार्यक्रममा विदेशी पर्यटन व्यवसायीहरुले नेपालमा पर्यटक जान इच्छुक रहेको र पछिल्लो समयमा यो क्रम बढ्दै गएको जानकारी दिएका थिए ।

क्यानबेरामा रहेको नेपाली दूतावास र दक्षिण अस्ट्रेलियामा रहेको वाणिज्य दूतावासले दक्षिण अस्ट्रेलियामा गरेको कार्यक्रममा यहाँका नेताहरु रसल वाट्ली, जिङ्ग लीका साथै ग्रिक, सोल्भानिया र स्वीजरल्यान्डका महावाणिज्यदूतहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा वैदेशिक व्यापार महाशाखाका निर्देशक डेब गोरजका साथै १ सय २० बढी विदेशीहरुको सहभागिता रहेको थियो । नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्‍याइसकेका व्यक्तिहरुका साथै प्रत्येक वर्ष नेपाल भ्रमण गर्न जाने व्यक्तिहरुले समेत आफ्नो अनुभव बाँडेका थिए ।
 
प्रत्येक वर्ष आयोजना हुने कार्यक्रममार्फत केही मात्रामा भए पनि विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने प्रयास गरिएको आयोजक वाणिज्यदूत दीपक धमलाले जानकारी दिए । कार्यक्रममा सहभागी कार्यवाहक राजदूत राजेन्द्र पाण्डे महाभूकम्पपछि नेपालको सबै क्षेत्रहरु सामान्य भइसकेका कारण पर्यटकहरुका लागि नेपाल बिदा मनाउने उपयुक्त स्थान भएको जानकारी दिएका थिए । उनले विदेशी व्यवसायीहरुलाई नेपालमा पर्यटकहरु पठाइदिन आग्रह समेत गरेका थिए ।
 
कार्यक्रममा सहभागी सांसद जिङ्ग लीले आफूले केही समयअघि गरेको नेपाल भ्रमणको सम्झना गर्दै पर्यटकहरुको लागि स्वर्ग भएको बताएकी थिइन् । उनले बिदा मनाउन नेपाल उपयुक्त स्थान भएको जानकारी दिँदै सहभागीहरुलाई पर्यटनको मार्फतबाट नेपाललाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।

अर्का सांसद रसेल वाट्लीले नेपाललाई पर्यटनको मार्फतबाट सहयोग गर्न सकिने बताउँदै व्यक्तिगत र व्यावसायिक रुपले नेपालको भ्रमण गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा सहभागीहरुलाई नेपाली कला संस्कृति झल्कने विभिन्न परम्परागत नृत्यहरु देखाइएको थियो भने नेपाल पर्यटन बोर्डबाट उपलब्ध पर्यटनसम्बन्धी विभिन्न सामाग्रीहरु समेत वितरण गरिएको थियो । 

प्रकाशित : वैशाख २८, २०७४ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?