कतारमा ३ कामदारको मृत्यु

होम कार्की

काठमाडौं — कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।
मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।

कतारमा ३ कामदारको मृत्यु

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।

मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।

अल बन्दरी इन्जिनियरीङ ट्ेरडिङ कम्पनीले बनाउदै आएका त्यस भवनमा अन्य कम्पनीका कामदार समेत गरेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय कामदार रहेका छन् ।

त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?