कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कतारस्थित नेपाली दूतावासद्वारा ध्यानाकर्षण

काठमाडौं — कतारस्थित नेपाली दूतावासले अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनीले निर्माण गर्दै गरेको भवनमा दुर्घटना भइ ठूलो संख्यामा नेपाली कामदार हताहत भएको भन्ने हल्लाप्रति ध्यानाकर्षण जनाएको छ ।

कतारस्थित नेपाली दूतावासद्वारा ध्यानाकर्षण

निर्माण गर्दै गरेको भवनमा दुर्घटनामा तीन जनामा एक मात्रै नेपाली कामदारको मृत्यु भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेमा रुपन्देही चिनक मल्लाह र घाइते हुनेमा दाङका गंगाराम चौधरी रहेको छ । दूतावासले सामाजिक सञ्जाल एवं अनलाइन मिडियामा तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सृजना नगर्न समेत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?