कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएन नेदरल्याण्ड्सको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

आईसीसी सदस्यमा वर्तमान अध्यक्ष हिमाल गुरुङको उम्मेद्‍वारी

काठमाडौं — एनआरएन नेदरल्याण्ड्स को अध्यक्षमा ठाकुर शर्मा 'मनोहरि' ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएन नेदरल्याण्ड्सको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

जनसम्पर्क समिति नेदरल्याण्ड्सको नेतृत्व गरिसकेका शर्मा नेदरल्याण्ड्सका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, नेपालको कुनै एक विद्यालयमा नमूना परियोजना, अवैधानिक बसाईमा रहेका नेपालीहरुको स्वास्थ्य तथा कानुनी सहयोग, खेल क्षेत्रको विकासलगायतका एजेन्डासहित मैदानमा उत्रिएका हुन् ।

आईसीसी सदस्यमा वर्तमान अध्यक्ष हिमाल गुरुङले उम्मेद्‍वारी घोषणा गरेका हुन् ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष उत्तम कँडेलले शर्मा र गुरुङलाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रकाशित : असार ३, २०७४ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?