कतारमा नेपाली कामदारका ९ कमजोरी : दूतावास

कान्तिपुर संवाददाता

काठमाडौं — कतारस्थित नेपाली दूतावासले नेपाली कामदारका ९ कमजोरी औलाएको छ ।

दूतावासले ‘नेपाली कामदारको सुरक्षा र हकहित संरक्षण: कानुनी तथा व्यवहारिक पक्षहरु’ का बिषयमा नेपाली समुदायसँग अन्तरक्रिया गर्दैकामदारका ९ कमजोरी औलाएको हो ।

दूतावासका अनुसार कामदारहरु महिनौसम्म काममा नगई वस्ने, डुउटीमा नगई आफ्नै सुरले कोठामा वस्ने, साथीभाईको कोठामा गएर वस्ने, हड्ताल गर्ने, पक्षविपक्षमा लाग्ने, तोडफोड गर्ने, नारा जुलुस गर्ने, समस्या आएपछि काम नछोडी रिपोर्ट गर्नुपर्नेमा सो नगर्ने, लामो समयपछि काम बिगारेर, परिस्थिति जटिल भएपछि/ विवादले चर्को रुप लिएपछि मात्रै दूतावासमा आउने गर्छन् ।

त्यस्तै, आवश्यक कागजात साथमा नराख्ने, राखेपछि सुरक्षीतरुपमा राख्न नसक्ने, धैर्यताको अभाव, रिस उठेपछि अनावश्यक क्रिया–प्रतिक्रिया गर्ने, कतिपय देशका कामदार घर जाभन्दा जान्न भन्ने तर नेपाली २–३ महिनामा तलव रोकिदासाथ नेपाल जान राजी हुने, मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला गर्ने र आधारभुत ज्ञान, सीप, नियम, कानुन र प्रावधानको जानकारीको अभाव रहेको दूतावासको ठम्माई छ ।

दूतावासले समस्यामा परेका कामदारको समाधानका लागि पहल गर्दै आइरहेको जानकारी दिएको छ । दूतावासले पीडितलाई श्रम बिभागमा पठाउने, जटिल समस्यालाई खोज अनुसन्धान तथा अनुगमन बिभाग (जसलाई सिआइडी भनेर चिन्छन्)पठाउने, कम्पनी छोडी घर जानेलाई ‘एक्जिट कमिटि’मा पठाउने, विमाको लागि कानुनी कारवाही गर्ने, रोजगारदाता र म्यानपावरसँग समन्वय गर्ने काम गर्दै आइरहेको जनाएको छ ।

दूतावासका अनुसार तलव सुबिधा नदिने, खु्रज नदिने, लामो समयसम्म कतारी आइडी नलगाइदिने, अति जरुरी परेकालाई समेत घर जान नदिने, सवारी दुर्घटनामा कामदारको तलवबाट रकम कट्टी गर्ने, झुटो मुद्धा दायर गर्ने, राहदानी/आइडी/वैंक कार्ड, सवारी चालक अनुमतिपत्र कब्जामा लिने जस्ता नेपाली कामदारको प्रमुख समस्या छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाली कामदारका समस्या सीघ्र समाधानका लागि नेपाली दूतावास र कतारको श्रम मन्त्रालयका प्रतिनिधिहरु बीच निरन्तर सम्पर्क स्थापना एवम् आवश्यक कार्यहरु गर्ने गरी एक छुट्टै संयन्त्र निर्माण गर्ने व्यवस्था समेत मिलाइएको वताए ।

प्रकाशित : असार ४, २०७४ १७:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दाङमा मनोनयन सम्पन्न

लमही र गढवामा काँग्रेसका बागी उम्मेदवार
कान्तिपुर संवाददाता

दाङ — स्थानीय तह निर्वाचनका लागि जिल्लामा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन दर्ताको काम शान्तिपूर्णरुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताएका छन् ।

घोराही उपमहागरपालिका प्रमुखमा काँग्रेसबाट भूप बहादुर डाँगी, एमालेबाट नरुलाल चौधरी र माओवादी केन्द्रबाट जीवन गौतमले उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा काँग्रेसबाट पुष्पा श्रेष्ठ, एमालेबाट सिता न्यौपाने र माओवादी केन्द्रबाट सिता चौधरीले मनोनयन दर्ता गराएका छिन् ।

तुलसीपुर उपमहानगरपालिकामा काँग्रेसबाट गेहेन्द्र गिरी, एमालेबाट घनश्याम पाण्डे र माओवादी केन्द्रबाट शेशुराम भण्डारीले उम्मेद्वारी दिएका छन् । उपप्रमुखमा काँग्रेसबाट देविका नेपाली, एमालेबाट माया आचार्य र माओवादी केन्द्रबाट सिता ओलीले उम्मेदवारी दिएका छन् ।

यसैगरी लमही नगरपालिका प्रमुखमा काँग्रेसबाट जोगराज चौधरी, एमालेबाट कुलबहादुर केसी र माओवादी केन्द्रबाट द्रौपदा पौडेलले उम्मेदवारी दिएका छन् । 
उपप्रमुखमा काँग्रेसबाट देवका बेल्बासे, एमालेबाट मिना गुरुङ र माओवादी केन्द्रबाट कालुराम चौधरी उम्मेदवार भएका छन् । सबै राजनीतिक दलहरुले बाजागाजासहित बिभिन्न झाँकी प्रदर्शन गर्दै उत्साहका साथ मनोनयन दर्ता गराएका थिए ।

घोराहीमा ठाकुरप्रसाद महराले उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । यसैगरी काँग्रेसबाट लमही नगरपालिकाको प्रमुखमा डिल्ली बहादुर खड्का र गढवा गाउँपालिका अध्यक्षमा डिल्ली आचार्यले बागी उम्मेदवारी दिएका छन् । घोराही वडानं. ८ को अध्यक्षमा काँग्रेसका निमबहादुर खड्का तथा तुलसीपुर वडानं. १० को अध्यक्षमा झग्गु भण्डारी र वडानं. ७ को अध्यक्षमा माधव लामिछाने र सदस्यमा द्रौपदा न्यौपानेले बागी उम्मेदवारी दिएका छन् ।

जिल्लाका १० स्थानीय तहमा १ सय ५१ मतदान स्थल र ३ सय ५१ मतदान केन्द्र तयार पारिएको छ । जिल्लामा २ लाख ९१ हजार १ सय ७३ मतदाता छन् । जसमा महिला १ लाख ४७ हजार ७ सय १७, पुरुष १ लाख ४३ हजार ४ सय ५४ र तेस्रो लिंगी दुई जना छन् । निर्वाचनबाट ५ सय २० जनप्रतिनिधि चयन हुनेछन् ।

प्रकाशित : असार ४, २०७४ १७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT