१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कंगोमा दुई नेपाली सैनिक घाइते

काठमाडौं — मध्य अफ्रिकी मुलुक कंगोमा विद्रोहीसँगको झडपमा २ नेपाली शान्ति सैनिक घाइते भएका छन् । अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत ‘मोनुस्को’ मिसनमा कार्यरत शमशेरदल २३ औं डफ्फाको गस्तीमाथि विद्रोही समूह माई–माईले आक्रमण गर्दा प्रतिकारका क्रममा उनीहरू घाइते भएका हुन् ।

मध्य अफ्रिकी मुलुक कंगोमा विद्रोहीसँगको झडपमा २ नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत ‘मोनुस्को’ मिसनमा कार्यरत शमशेरदल २३ औं डफ्फाको गस्तीमाथि विद्रोही समूह माई–माईले आक्रमण गर्दा प्रतिकारका क्रममा उनीहरू घाइते भएका हुन् ।

घाइते सैनिकको अवस्था सामान्य रहेको र उनीहरूका परिवारलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । झडपमा नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागी ५ विद्रोहीको मृत्यु भएको छ ।

उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राइफल २ र त्यसको एम्युनिसन ५० राउन्ड कंगोको राष्ट्रिय सेनालाई बुझाइएको छ । गण रहेको स्थान बेनीबाट करिब २२ किमि टाढा कवास भन्ने स्थानमा उक्त झडप भएको र घाइते नेपाली सैनिकहरूको गोमास्थित यूएनको लेबल ३ अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । अहिले उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

प्रकाशित : असार ५, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?