कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा २ नेपाली युवाको मृत्यु

क्वालालम्पुर — मलेसियामा कार्यरत एक नेपालीको आइतबार राति सुतेकै अवस्थामा निधन भएको छ । वैदेशिक रोजगारीका क्रममा यहाँको एक कम्पनीमा कार्यरत महेन्द्रनगर-७ कञ्चनपुरका डबलबहादुर बोहराको सुतेकै अवस्थामा मृत्यु भएको उनका साथी ज्ञानेन्द्र बुंगलीले जानकारी दिएका छन् ।

मलेसियामा २ नेपाली युवाको मृत्यु

सुदूरपश्चिम सेवा समाज मलेसियाका केन्द्रीय सदस्यसमेत रहेका बोहराको आफ्नै ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

त्यस्तै, पाखापानी-७ म्याग्दी घर भई मलेसियामा सुरक्षा गार्डमा कार्यरत ओमबहादुर पुनको आइतबार क्वालालम्पुरको पुडु भन्ने स्थानमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पुनको घटनास्थलमै मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै सहकर्मी अर्जुन सुनुवारले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार हाल मृतक पुनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । उनी विगत केही वर्षदेखि सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

प्रकाशित : असार ५, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?