३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बार्सिलोनामा नेपाल घुम्न जाऔं भन्ने सन्देश

बार्सिलोना (स्पेन) — स्पेनको पर्यटकीय सहर बार्सिलोनाका सडकमा ‘नेपाल घुम्न जाऔं सन्देश अंकित बस गुडिरहेका छन् । ‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ अभियान अन्तर्गत पर्यटन बोर्डका अवैतनिक प्रतिनिधि दीपक खरेलले उक्त सन्देशको प्रचार संयोजन गरिहरेका हुन् ।

बार्सिलोनामा नेपाल घुम्न जाऔं भन्ने सन्देश

बार्सिलोलाका बिभिन्न चार रुटमा सञ्चालित बसहरुमा नेपालका पर्यटकीय क्षेत्र र सम्पदाका तस्बिर अंकित पोस्टर टाँसिएको हो ।

१३ वर्षदेखि स्पेनमा कार्यरत खरेलले नेपाली समुदायबाट सहयोग संकलन गरी यही सातादेखि अगस्ट १३ सम्म पर्यटन प्रवद्र्धनको व्यवस्था मिलाएको जानकारी दिए । उक्त सन्देशबाहक बसहरु बार्सिलोना, कोलोन, प्यारारेल, कातालोनिया, पार्क गुयल र विश्वप्रसिद्ध बार्सिलोना फुटबल क्लबको स्टेडियम क्याम्प नाउसम्म गुडिरहेको पनि खरेलले बताए ।

‘संसारभरबाट यहाँ पर्यटक घुम्न आइरहेका छन्, यस्तो बेला नेपाल घुम्न जा‌औं भन्ने सन्देश प्रबर्द्धन गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘यसले संसारमा नेपाल चिनाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास छ ।’

आगामी जुलाई २२ मा बार्सिलोनामा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक अन्तर्क्रियामा समेत नेपालको प्रतिनिधित्व गर्ने उनले जानकारी दिए । यस्ता प्रयासले स्पेनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बृद्धि हुने विश्वास उनको छ । 

प्रकाशित : असार ३०, २०७४ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?