कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओमन एनआरएनद्वारा ८ बुँदे घोषणापत्र जारी

मध्यपूर्वका सवाललाई स्थापित गर्न एकताबद्ध नेतृत्वमा जोड
होम कार्की

मस्कट (ओमन) — ओमनमा सामाजिक क्लबको रुपमा दर्ता भएको गैरआवासीय नेपाली संघ (एनआरएन), ओमानको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै ८ बुँदे घोषणा पत्र जारी गरेको छ ।

ओमन एनआरएनद्वारा ८ बुँदे घोषणापत्र जारी

महाधिवेशनले कामदारको दीर्घकालीन सुरक्षाको लागि वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष स्थापाना गर्ने, संस्थाको स्थानीय सचिवालय निर्माण, ओमनमा श्रम र पर्यटनको प्रवर्द्धन, नेपालमा सामुहिक लागनी गर्न पहल गर्नेलगायत बुँदा समेटिएको घोषणापत्र जारी गरेको हो । महाधिवेशनले दीपक (योगेन्द्र) श्रेष्ठलाई अध्यक्षमा पुन: र्निविरोध चयन गरेको छ । उपाध्यक्षद्वय गुणहरि अधिकारी, केशवलाल श्रेष्ठ, महासचिव पूर्णबहादुर श्रेष्ठ, सचिव रविन सिल्पाकार, कोषाध्यक्ष क्याप्टेन सेवन्त पुर्जा पुन, सहकोषाध्यक्ष रवि लामिछाने, प्रवक्ता विकल झा, युवा संयोजक भरत अधिकारी र महिला संयोजक संगीता जाबेगु रहेका छन् ।

त्यस्तै सदस्यहरु सुजन श्रेष्ठ, महेश चौधरी, ललित बास्तोला, मिनबहादुर बस्नेत, दीपक पौडेल, दीपक जिसी, लक्ष्मी कोइराला, गोपाल कुँवर, अजयकुमार यादव, राम तामाङ र सुरेशकुमार यादव रहेका निर्वाचन संयोजक प्रेम सापकोटाले बताए ।

महाधिवेशन उद्घाटन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले मानव तस्करी र जघन्य अपराध रोक्न दूतावास सक्रियतापूर्वक लागेको बताइन् । ‘अवैध रुपम घरेलु कामदार आउनेक्रम जारी छ,’ उनले भनिन्,‘ठगी नियन्त्रण, उद्धार प्रक्रियामा एनआरएनको सहयोग आवश्यक छ ।’

खाडीका एनआरएन अभियान्ताहरुले कामदारको सवालहरुलाई नीतिगत रुपमा सम्बोधन गर्न अबको एनआरएन मध्यपूर्वले चलाउनुपर्ने जोड दिए । विश्वभरको एनआरएनको नयाँ नेतृत्व आगामी अक्टोबरमा चयन हुँदैछ । ‘युरोप तथा अष्ट्रेलियामा बस्नेको नागरिकताको मुद्धा सकियो । अब राज्यले राजनीतिकबाहेक अरु अधिकार रहने गरी दोहोरो नागरिकता दिने विषय संविधानमै लेखियो,’ मध्यपूर्व संयोजक डीबी क्षेत्रीले भने,‘अब खाडीमा कार्यरत नेपाली कामदारको मुद्दाको लागि एनआरएनले काम गर्नुपर्छ ।’ क्षेत्री सचिवका दाबेदार हुन् ।

साउदी अरबमा बसेर कामदारको मुद्दालाई उठाउँदै आएका वैदेशिक रोजगार टाक्सफोर्सका संयोजक धरम केसीले नीतिगत रुपम हस्तक्षेपको लागि खाडीका एनआरएनबीच एकता जरुरी रहेको बताए । ओमन भेलामा उनलाई महासचिवको उम्मेदवारको रुपमा अगाडि सारेको छ । ‘यसलाई मैले अत्यन्त सकारात्मक रुपमा लिएको छु,’ उनले भने,‘खाडीका साथीहरुबीच एकता भएमा टाढा छैन ।’

मध्यपूर्व संयोजकमा उम्मेदवारी दिएका आईसीसी सदस्य आरके शर्माले एकीकृत नेतृत्वमा एकीकृत एजेन्डा हुनुपर्ने बताए । कतारमा व्यवसाय गर्दै आएका शर्माले साथीहरुबीच देखिएको सामूहिक एकताबद्ध निरन्तर हुनुपर्ने बताए ।

युएईमा कार्यरत आईसीसी सदस्य गोपाल कँडेललाई मध्यपूर्व उपसंयोजकमा जान प्रस्ताव गरिएको छ । ‘कामदारको हितको लागि मध्यपूर्वका साथीहरु मेलमिलाप हुनुपर्छ,’ उनले भने । महाधिवेशनमा साउदीमा कार्यरत पूर्व मध्यपुर्व उपसंयोजक राजु सैयद, आईसीसी सदस्य रमेश भण्डारीले आपसमा फुट्दा मध्यपुर्वका सवालहरु ओझेलमा परेकोले अब साझा सवालको लागि एकता आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित : श्रावण २२, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?