कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

देश बिकासमा लगानी गर्न गैर आवासीय नेपालीलाई माधव नेपालको आग्रह

नारायण खड्का

अष्ट्रेलिया —
पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बिकासका लागि लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।

देश बिकासमा लगानी गर्न गैर आवासीय नेपालीलाई माधव नेपालको आग्रह



प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा एमाले नेता नेपालले अधिकारका कुराहरु धेरै भइसकेको बताउँदै अब देशका लागि कर्तब्य निर्वाह गर्नुपर्ने बेला आएको जिकिर गरे ।

आफ्नो देशको बिकासका लागि कृषि र पर्यटन लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने सुनाउँदै नेपालले यस क्षेत्रहरुमा लगानी बढाउन र सहयोग गर्न एनआरएन लगायतका विदेशमा रहेका संस्थाहरुलाई आग्रह समेत गरेका थिए ।

‘प्रवासमा रहेका तपाईहरुको पनि देश निर्माणमा महत्वपूर्ण भुमिका हुन्छ' नेपालले भने, 'तपाईहरुको लगानी र सीप कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगाउनुस ।’

नेता नेपालले अब देश बिकास एजेण्डामा सबै राजनीतिक दलहरु एकजुट हुनुको बिकल्प नभएको बताए । नेपालले सबै राजनीतिक दलका आफ्नै एजेण्डाहरु भएपनि देश बिकास कार्यक्रमहरुमा प्राथमिकताका आधारमा एकजुट भएर अघि बढ्नुपर्ने आवश्यक्ता औल्याए । नेपालमा सरकार फेरिरहने प्रवृत्तिले समेत देश बिकासमा अपेक्षित काम हुन नसकेको उनले सुनाए ।

कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्र निर्माणका लागि अष्ट्रेलिया आइपुगेका महावीर पुनले आविश्कार केन्द्रको निर्माणका लागि आग्रह गरेका थिए । देश अनुसन्धान र अन्वेशनबिना बिकास हुन नसक्ने दाबी गर्दै उनले यस्ता परियोजना सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका थिए । उनले समय, धन र सीप दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा राजदुत लक्की शेर्पा, वाणिज्यदुत दीपक खड्का, एनआरएन अध्यक्ष टोनु घोताने, उपादक्ष्य नन्द गुरुङ लगायतका बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : श्रावण २२, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?