१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कराँते खेलाडी ठकुरीलाई अमेरिकी अवार्ड

कान्तिपुर संवाददाता

न्युयोर्क — कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स ( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत हुने ठकुरी, सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

कराँते खेलाडी ठकुरीलाई अमेरिकी अवार्ड

शुक्रबार मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरियो । सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये अमेरिकी मार्शल आर्टस्का बिशिष्ट ब्यक्ति मानिने ग्राण्ड मास्टर झुन रि, पाईनियर एचिभमेन्ट अवार्डबाट पुरस्कृत भए ।

अमेरिकी मार्शल आर्ट एलाईन्सको यो सम्मानसँगै पुरस्कृत ब्यक्तित्वको योगदान, चिनारी एवम उपलब्धि बारे आयोजकले पुस्तक प्रकाशनमा ल्याउने प्रचलन छ । जस अनुसार यसपटकको पुस्तकमा ठकुरीको योगदान, कला एवम साहसिक यात्रा बारे उल्लेख गरिएको छ ।

‘भ्यान डाम स्टाईल’ अन्तर्गत शरीरले एक सय ४० पाउण्ड एवम दाँतले एक सय पाउण्ड वजन उचाल्नुका अतिरिक्त बाइस वटा काठका पाताहरुलाई भाँच्न सफल भएका कारण ठकुरी अवार्ड पाउन सफल भएका हुन् । भ्यानडम स्टाइल तेन्सो काता र भ्यानडम स्टाइल खुकुरी कातामा पोख्त उनी, पाँचौ स्तरका ब्ल्याकबेल्ट हुन ।

अवार्डले उत्साहित उनले भने ‘नेपाली मार्शल आर्टस्लाई संसारमा स्थापित गराउने मेरो लक्ष्य हो । यसैमा लागिपरेको छु ।’ रिटायर्ड लेफिनेन्ट कर्नेल ग्यारी क्लस बाट प्रशिक्षित ठकुरीले अमेरिकाका दश राज्यमा आयोजित विभिन्न च्याम्पियनसीपमा प्रतिस्पर्धा गरिसकेका छन् । विभिन्न साहसिक एवम अनौठा मार्शल आर्टस् विधाका लागि पोख्त, ठकुरी अमेरिका स्थित नेपाली डायस्पोराबाट धेरै पटक सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।

प्रकाशित : श्रावण २३, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?