एनआरएन क्यानडामा काफ्ले

कान्तिपुर संवाददाता

क्यानडा — एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले निर्वाचित भएका छन् ।टोरोन्टोमा भएको १० औं अधिवेशनबाट देवेन्द्र सुवेदीलाई पराजित गर्दै काफ्ले निर्वाचित भएका हुन् । १७ एनसीसी प्रतिनिधिको मतमा काफ्लेले ११ र सुवेदीले ६ मत पाए ।

एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले निर्वाचित भएका छन् ।

टोरोन्टोमा भएको १० औं अधिवेशनबाट देवेन्द्र सुवेदीलाई पराजित गर्दै काफ्ले निर्वाचित भएका हुन् । १७ एनसीसी प्रतिनिधिको मतमा काफ्लेले ११ र सुवेदीले ६ मत पाए ।

उपाध्यक्षमा राजकुमार महत, रमेश बानियाँ र माधव दाहाल, महासचिवमा चिरञ्जीवी घिमिरे, सचिवमा देवी अधिकारी, कोषाध्यक्षमा सूर्य सापकोटा र प्रवक्तामा रविन्द्रराज घिमिरे निर्वाचित भए ।

सदस्यमा विमला सापकोटा, प्रमिला बस्नेत, करुण कार्की, विनोद राना, दीपक श्रेष्ठ, चन्द्र अधिकारी, सुवास गिरी, देवेन्द्र सुवेदी र दिनेश घिमिरे निर्वाचित भए ।

प्रकाशित : श्रावण २४, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जनै पूर्णिमा जात्रा सुरु

छोटकरी
कान्तिपुर संवाददाता

हुम्ला — साउने पूर्णिमाका अवसरमा धामी नाचेर मनाइने जनै पूर्णिमा जात्रा सुरु भएको छ । तीन दिनसम्म धामी र तीन दिन देउडा नाचेर जात्रा मनाइने चलन छ ।

जात्राका अवसरमा दिनमस्टो, कालासिल्तो र बॉडफालो मन्दिरमा पूजा गरी धामी नाच सुरु हुन्छ । हुम्ला मा मन्दिरलाई माडु भनिन्छ । बिहान ब्राह्मणले माडुमा होम गरेपछि पूजा सुरु हुन्छ । पूजा सकिएपछि दिउँसो धामीनाच देखाइन्छ । मन्दिरका मुख्य धामीले महत्त्वपूर्ण भविष्यवाणी गर्ने गरेकाले जात्रालाई महत्त्वका रूपमा लिइँदै आएको स्थानीयले बताए । पूजाको दिन बेलुका युवायुवती देउडामा रमाउँछन् । त्रयोदशीदेखि सुरु हुने जात्रामा पूर्णिमासम्म धामी नाच र परेवाको दिनदेखि तीन दिनसम्म देउडा नाचमा हुने स्थानीय अगुवाको भनाइ छ । जात्रा हेर्न सदरमुका जम्मा भएकाले दोहोरी गाउने र नाच्छन् । जिल्लामा दसैंभन्दा धामीको नाचलाई महत्त्व दिइन्छ । जात्राका लागि स्थानीयले नयाँ कपडा खरिद गर्ने, गहना किन्ने र मिष्ठान्न खाने चलन कायमै छ ।

 

प्रकाशित : श्रावण २४, २०७४ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT