कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्यान्सर पीडितलाई प्रवासी नेपालीको सहयोग

कान्तिपुर संवाददाता

काठमाडौं — ब्लड क्यान्सर पीडित काभ्रे, तेमाल गाउँपालिका–१ का बुद्धिलाल तामाङको उपचारार्थ प्रवासी काभ्रेली समाज जापानले १ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ ।

क्यान्सर पीडितलाई प्रवासी नेपालीको सहयोग

संकलित रकम संचारकर्मी फूलमान वल, जगत तामाङ, बुद्धिलाल बचाउ अभियानका संयोजक ईन्द्रवहादुर तामाङ, उप–संयोजक ज्ञानबहादुर तामाङ, धन लामा लगायतको रोहवरमा पीडितकी पत्नी अञ्जली तामाङलाई हस्तान्तरण गरियो ।

मानवीयतालाई मध्यनजर गरि आफूहरुले प्रवासमा रकम संकलन गरेको समाजका सचिव रुपक लामाले जनाए । ‘एउटा नेपाली मृत्युसंग लडिरहेको खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि यत्तिकै चुप लागेर बस्न सकेनौं’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण अकालमा ज्यान गुमाउन नपरोस् भनेर हामी लागेका हौं । सबैले सहयोग गरौं ।’

जापानमा रुपकसंगै समिर लामाको पहलमा रकम संकलन गरिएको कार्यक्रममा बताइयो । ३७ वर्षिय बुद्धिलाल हाल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारत छन् । निम्न आर्थिक अवस्थाका बुद्धिलालका पत्नी, ४ छोरी र १ छोरा छन् । अहिलेसम्म उपचारमा ७ लाख खर्च भइसकेको बुद्धिलालकी पत्नी अञ्जलीले बताइन् ।

केही अघि काभ्रे सेवा समाज कतारबाट पनि ६२ हजार रुपैंया सहयोग प्राप्त भएको बुद्धिलाल बचाउ अभियानका संयोजक इन्द्रबहादुर तामाङले जनाए । त्यस्तै बुद्धिलालको उपचारार्थ उज्ज्वल लामाले ५० हजार रुपैंया र सञ्चारकर्मी फूलमान वलले ३० हजार रुपैयाँ सहयोग गरेका छन् । उनको उपचारार्थ सहयोगी हातहरु अघि बढिरहेको संयोजक तामाङले जनाए ।

प्रकाशित : श्रावण २४, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?