एनआरएन न्युजिल्याण्डमाा दुईको उम्मेदवारी

नारायण खड्का

अष्ट्रेलिया — करिब एक सातापछि हुन लागेको गैर आवासीय नेपालीहरुको संगठन एनआरएन न्युजिल्याण्डको नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । महासचिव लगायतका मुख्य चार पदमा भने यसअघि नै सर्वसम्मत भइसकेको छ ।

एनआरएन न्युजिल्याण्डमाा दुईको उम्मेदवारी

न्युजिल्याण्डमा एनआरएनको निर्वाचन यही २० तारिख आइतबार हुदैछ । अध्यक्ष पदका लागि राज महर्जन र कमल वाइबाले उम्मेदवारी दिएका छन भने दुईजना उपादक्ष्यका लागि ४ जनाले दाबी प्रस्तुत गरेका छन् । यसअघि नै महासचिव पदमा रामराज ओली, सचिवमा बिशाल सापकोटा र टीका थापा र कोषादक्ष्यमा दीपेन्द्र केसी सर्वसम्मत भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उपादक्ष्य पदमा भावना सिलवाल, बुद्धिराज बञ्जाडे, तेज भट्टराई र घनश्याम सापकोटाले उम्मेदवारी दिएका छन् ।

१५ जना कार्यसमितl सदस्य पदका लागि २३ जनाले उम्मेदवारी दिएका छन् भने एकजना आईसिसी सदस्य निर्वाचित कार्यसमितीले मनोनयन गर्नेछन् ।

न्युजिल्याण्डमा एनआरएन स्थापना भएदेखि पहिलोपटक निर्वाचनबाट नेतृत्वको चयन हुन लागेको हो । यसबर्ष कागजी र बिद्युतीय दुई प्रक्रियाबाट मतदान हुन लागेको छ । अध्यक्षका उम्मेदवार महर्जनले अहिलेसम्म चुनावी प्रक्रियाबाट नेतृत्व चयन नभएको भएपनि यो प्रजातान्त्रिक पद्दती भएकाले सबैले सामान्य रुपमा लिएको सुनाए । जम्मा ९ सय सदस्य रहेको न्युजिल्याण्ड एनआरएनको निर्वाचन यहाँका मुख्य सहरहरु अकल्याण्ड, क्राइष्टचर्च, टाउराङ्ग र वेलिङ्गटनमा सम्पन्न हुनेछ ।

प्रकाशित : श्रावण २७, २०७४ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?