कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियाबाट डा. केसीको आन्दोलनमा समर्थन

नारायण खड्का

अष्ट्रेलिया — नेपालको चिकित्सा क्षेत्रमा देखिएको बिकृती र बिसंगीतको अन्त्य हुनुपर्ने माग गर्दै बिगत २१ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको मागप्रति समर्थन गर्दै सिड्नीमा आज मौन प्रदर्शन गरिएको छ । उनको समर्थनमा यहाँका अन्य राज्यहरु र न्युजिल्याण्डमा समेत कार्यक्रमको आयोजना हुदैछ ।

अष्ट्रेलियाबाट डा. केसीको आन्दोलनमा समर्थन

सिड्नीमा रहेका युवाहरुको अगुवाईमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले डा. केसीले उठाएको माग जायज रहेको बताउदै यसलाई तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेका थिए । १ सय २० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा उनीहरुले देश सुधारका लागि एक व्यक्तिले पटक पटक अनसनमा बस्नुपर्ने बाध्यता लाजलाग्दो भएको बताउँदै सरकारले उनको स्वास्थ्यप्रति समेत चासो नदेखाएकोमा आपत्ति जनाएका थिए ।

एसफिल्ड पार्कमा भएको कार्यक्रममा एकघण्टासम्म मौन बसेर डा. केसीको समर्थनमा बिभिन्न पर्चा र पोस्टर बोकेर प्रदर्शन गरिएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघका साथै अन्य अन्य संघसंस्थाका ब्यक्तिहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा नेपालबाट समेत यस बिषयमा दबाब सृजना गर्न आफ्नो क्षेत्रका सांसदहरुलाई यसबारेमा पहल गर्न आग्रह गर्ने बताएका थिए । उनको समर्थनमा यहाँका मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ, क्यानबेरा, डार्विन लगायतका स्थानहरुमा समेत यस्तै कार्यक्रमको आयोजना हुदैछ भने न्युजिल्याण्डमा पनि कार्यक्रम आयोजना हुने यस अभियानमा लागि परेका युवा तथा एनआरएनका पुर्व कोषादक्ष्य डिला खरेलले जानकारी दिए ।

कार्यक्रममा यस अभियानमा लागिपरेका युवाहरु डा. घनश्याम चापागाई, डिला खरेल, भुवन कँडेल, सुधिरा शाह, एनआरए पुर्व उपादक्ष्य दिनेश पोखरेल लगायतले डा. केसीको अभियान देश विकासका लागि निस्वार्थ अभियानमा प्रवासी नेपालीहरुको सदैव समर्थन र साथ रहेको बताएका थिए ।

प्रकाशित : श्रावण २९, २०७४ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?