कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अष्ट्रेलियामा मनाइयो ईन्द्रजात्रा र गौरा पर्व

नारायण खड्का

अष्ट्रेलिया — पृथक रुपमा मनाइँदै आएको नेपाली परम्परागत पर्वहरु इन्द्रजात्रा र गौरा पर्व अष्ट्रेलियामा पनि मनाइएको छ ।

सिड्नीमा सुदुरपश्चिम समाज अष्ट्रेलियाले गौरा पर्वको आयोजना गरेको थियो भने दक्षिण अष्ट्रेलियामा गुठी संस्थाको आयोजनामा ईन्द्रजात्रा मनाइएको थियो ।

अष्ट्रेलियामा मनाइयो ईन्द्रजात्रा र गौरा पर्व

पृथक रुपमा मनाइँदै आएको नेपाली परम्परागत पर्वहरु इन्द्रजात्रा र गौरा पर्व अष्ट्रेलियामा पनि मनाइएको छ ।

सिड्नीमा सुदुरपश्चिम समाज अष्ट्रेलियाले गौरा पर्वको आयोजना गरेको थियो भने दक्षिण अष्ट्रेलियामा गुठी संस्थाको आयोजनामा ईन्द्रजात्रा मनाइएको थियो ।

दक्षिण अष्ट्रेलियाको एडिलेडमा पहिलोपटक आयोजना गरिएको इन्द्रजात्रामा कुमारीको रथलाई स्थानीयस्तरमा प्रदर्शन गरिएको थियो । धिमे बाजा बजाएर सुरु भएको कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा लाखे नाच, बिभिन्न नेवारी परम्परागत सांस्कृतिक कार्यक्रमहरु समेत देखाइएको थियो भने समयबजीको समेत प्रदर्शन गरिएको आयोजक संस्था गुठी साउथ अष्ट्रेलियाका रजनेश श्रेष्ठले जानकारी दिए ।

यसैगरि सिड्नीमा आयोजना गरिएको गौरा पर्वमा सहभागीहरुले देउडा नृत्य गर्दै मनोरञ्जन लिएका थिए । बिशेष गरे सुदुरपश्चिम र मध्यपश्चिममा मात्र उल्लासका साथ मनाइने यस पर्वमा सिड्नीमा रहेका सबै क्षेत्रका नेपालीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा सहभागीहरुलाई आयोजकले गौरा पर्वका बारेमा जानकारी दिएका थिए । आयोजक संस्थाका सचिव लक्ष्मी जोशीका अनुसार मध्य तथा सुदुरपश्चिममा मनाईने पृथक पर्वलाई विदेशमा समेत संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सुनाए ।

प्रकाशित : भाद्र १९, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?