अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलिया सरकारले नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ ।अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् ।

अष्ट्रेलिया सरकारले नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् । उनले केही दिनअघि जारी गरेको विज्ञप्तिमा १७ लाख जनताहरु हालै आएको बाढीपहिरोका कारण पीडित बनेको बताउँदै नेपाललाई उक्त रकम उपलब्द्ध गराउने उल्लेख गरिएको छ । उनका अनुसार १ मिलियन (करिब ८ करोड रुपैयाँ) अष्ट्रेलियाको गैरसरकारी मानवीय संस्थाहरु मार्फत र थप १ मिलियन (करिब ८ करोड रुपैयाँ) विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रदान गरिनेछ ।

अष्ट्रेलियाले उपलब्द्ध गराउने सहयोगबाट तत्काल पीडितहरुका लागि आवास, खाद्यान्न, सफा पानी र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने जनाइएको छ । यसका साथै अष्ट्रेलियाली सरकारले ६ हजार ६ सय महिला तथा युवतीहरुलाई जरुरी स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्रीहरु उपलब्द्ध गराइने समेत भएको छ । अष्ट्रेलियाले विश्व खाद्य कार्यक्रम अन्तरगत पुरयाउने सहयोगले अति प्रभावित क्षेत्रका ५ बर्षमुनिका ५ हजार ६ सय बालिबालिका र १ हजार ६ सय गर्भवती तथा महिलाहरुलाई सहयोग पुरयाउने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा १ सय ५० को मृत्यु भएको, ६५ हजार घरहरु नष्ट भएको र ६४ हजार हेक्टर क्षेत्रफलको बाली नष्ट भएका उल्लेख गरिएको छ भने उद्धारमा देखाएको तदारुकताप्रति नेपाल सरकारको प्रशंसा समेत गरिएको छ ।

प्रकाशित : भाद्र २१, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

आजदेखि सोह्रश्राद्ध सुरु

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।

प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

उनले भने सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम् पर्व हो, यो पक्षमा सबै पितृले आश गर्ने भएकाले सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा आस्था निष्ठापूर्वक श्रद्धा गर्नुपर्छ ।

आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

गाई तिहारे आँैसीका दिन पनि थुनछेक हुनेले वृश्चिक राशिमा सूर्य जानुअघि अर्थात कार्तिक मसान्तभित्र जराएर सोह्रश्राद्ध गर्नुपर्छ । यो अवधिमा पनि श्राद्ध नगरे आश गरेका पितृ निराश भएर आफ्नो स्थानमा फकर्ने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको डा गौतमले बताए ।

बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले चतुर्दशी र मगान क्षेत्र परेका दिन श्राद्ध गर्नु हुँदैन । बुधबार प्रतिपदा तिथिमा श्रद्धा गरिँदैछ ।

रासस

प्रकाशित : भाद्र २१, २०७४ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्