कतारवाट मृगौला पीडितलाई सहयोग

कान्तिपुर संवाददाता

काठमाडौं — कतारको अल तामिज क्लिनिक कम्पनीमा कार्यरत नेपालीले दुवै मृगौला फेल भएकी ३२ वर्षिय सबिता नेपालीलाई एक लाख ९० हजार रुपैयाँ सहयोग गरेका छन् । सविता अलतामिजमा ५ बर्षदेखि कार्यरत थिइन् ।

शंखरपुर नगरपालिका–९, काठमाडौंकी नेपालीको हमाद अस्पतालमा ४५ दिन सम्म वसेकी थिइन् । उनी उपचार गर्न स्वदेश फर्केकी हुन् । उपचारको लागि १० लाख लाग्ने भएपछि सहकर्मीहरुले आर्थिक सहयोग जुटाएको हो । सविताका एक नावालक छोरा छन् ।

ओम अस्पतालमा दुई दिनको फरकमा डाइलोसिस गर्दै आएको परिवारले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

स्टेफेन्स र केयेस फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौं — सलोनी स्टेफेन्स र म्याडिसन केयेस तीन महिना अगाडिसम्म समान घुँडाको चोटको समस्यबाट गुज्रिरहेका थिए । यिनै दुई खेलाडीले बिहीबार यूएस ओपनको महिला एकलको फाइनल यात्र तय गरेका छन् । स्टेफेन्स जुलाईमा मात्र कोर्टमा फर्केका हुन्, ११ महिनाको टाढा रहेर ।

तर पहिलो सेमिफाइनलमा उनले सात पल्टको ग्रान्ड स्लाम विजेता भेसन विलियम्सलाई ६–१, ०–६  ७–५ ले पराजित गरिन् । 

‘म निकै खुसी छु, ग्रान्ड स्लाम फाइनलमा पुगेकोमा । यसलाई शब्दमा बयान गर्न सकिनँ,’ उनले भने, ‘त्यसमाथि यो आफ्नै देशको ग्रान्ड स्लाम हो । प्रत्येक अमेरिकी खेलाडीले यहाँसम्म पुग्ने सपना बोकेको हुन्छ ।’

अर्का अमेरिकी खेलाडी १५ औं वरीयता प्राप्त केयसले फ्रेन्च ओपनको पहिलो चरणबाट बाहिरिएयता दस महिना आराम गर्नु परेको थियो । केयसले यसपल्ट आफ्नै देशका अर्की खेलाडी कोको भान्डवेघलाई ६६ मिनेटभित्र ६–१ र ६–२ ले हराइन् । 

‘म वास्तवमै फाइनल पुगेकी छु भनेर पनि विश्वास भइरहेको छैन,’ केयसले भनिन, ‘मैले आज वास्तवमै निकै राम्रो खेलें । अहिले मेरो दिमागमा धेरै विचार खेलिरहेको छ र यी सबैको म बयान गर्न सक्दिनँ । फाइनल पुगेको म पनि निकै खुसी छु ।’ स्टेफेन्स र केयेस अमेरिकी फेडकप टिमका साथी खेलाडी हुन् । अब शनिबार आर्थर ऐस स्टेडियमा हुने फाइनलमा उनीहरूले ३७ लाख डलरको पहिलो पुरस्कार राशिका लागि खेल्नेछन् ।

प्रकाशित : भाद्र २३, २०७४ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्