१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

युएईमा रमेश र शालिकवीच प्रतिस्पर्धा

काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्ष पदमा रमेश श्रेष्ठ र शालिक सुबेदीवीच प्रतिस्पर्धा हुने भएको छ । १५ सेप्टेम्बर दुबईमा हुन लागिरहेको एनआरएनए युएईको अधिबेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

युएईमा रमेश र शालिकवीच प्रतिस्पर्धा

निर्वाचन समितिका संयोजक लक्ष्मण खनालका अनुसार अध्यक्षमा श्रेष्ठ र सुवेदीले उम्मेदवारी दर्ता गरेको हुन् । २१ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षका उम्मेदवार श्रेष्ठ बर्तमान कार्य समितिका उपाध्यक्ष हुन भने सुबेदी सल्लाहकार हुन् ।
३ जना उपाध्यक्ष पदमा नेत्रप्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मल कुमार पोखरेल र नर बहादुर सेनको उम्मेदवारी परेको छ ।

महासचिव पदमा कृष्ण पौड्याल र निश्चल दाहालको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार २ वटा सचिव पदमा मिलबहादुर गुरुङ (मिलन) र राजेश बोहोराको मात्र उम्मेदवारी परेको छ । कुनै दाबीबिरोध नपरेको खण्डमा उनीहरु दुवैजना निविरोध निर्वाचित हुनेछन् । कोषाध्यक्ष पदमा राजु केसी र बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् । महिला सञ्जाल प्रतिनिधिमा मोती कुमारी राई र युवा सञ्जाल प्रतिनिधिमा नबिन पौडेलको उम्मेदवारी परेको हुनाले निर्बिरोध निर्बाचित हुनेछन ।
बिदुर न्यौपाने, सुदिप खराल, मोहम्मद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेती, शमसेर योन्जन, राजन खतिवडा, धर्मेन्द्र गोहिबार, जीबन दास, केशब शर्मा नेपाल, बिष्णुहरी बगाले, लछुमन काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरण सुबेदी, टक बहादुर गुरुङ, नगेन्ऽ प्रसाई, असार तामाङ र सागर लुइटेल गरी १८ जनाले सदस्य पदमा उम्मेद्वारी दिएका छन ।

अन्तर्रास्ट्रिय (आईसीसी) सदस्यमा चित्र बहादुर केसी, ठाकुर प्रसाद ढुंगाना र नेत्र थनेतको उम्मेदवारी परेको छ ।

१ हजार पन्जिकृत सदस्य बराबर १ आईसीसी सदस्य हुने नियम अनुसार युएईबाट २ जना आईसीसी छानिने छन् । एनआरएनए युएईको बिधान २०१३ अनुसार बर्तमान कार्यसमिति, सल्लाहकारहरु र निर्वाचित पार्षद गरी २८७ जना पार्षदले मतदान गरी नयाा कार्यसमिति चुन्ने ब्यवस्था रहेको छ ।

प्रकाशित : भाद्र २६, २०७४ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?