१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एनआरएन साइप्रसमा मल्ल चयन

काठमाडौं — गैर आवासीय नेपाली संघ साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ललाई चयन गरेको छ ।

एनआरएन साइप्रसमा मल्ल चयन

संघको सातौ अधिवेसनले उनलाई पुन अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष उत्सब घले, महासचिव अन्तेश रावत, सचिव तुलसा पाण्डे, सहसचिव कविता भन्डारी र कोषाध्यक्ष सरिता चौधरीलाई चयन गरेको छ ।

यस्तै, युवा प्रतिनिधि विकाश दुवाडी, महिला प्रतिनिधि जसमाया पुन घर्ती, सहमहिला प्रतिनिधि शान्ती राई र महिला प्रबक्ता नानू गोम्जा चयन भएको छ । सदस्य लक्ष्मी रेग्मी अधिकारी र चन्द्रा राई चयन भए । आइसिसी प्रतिनिधिमा रन्जित कुमार महतो चयन भए ।

अधिवेशनलाई सम्वोधन गर्न पुगेका नेपाली दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले साइप्रसमा भएका नेपालीको हितको पक्षमा काम भइरहेको वताए । ‘साइप्रसमा रहेका नेपाली बिद्यार्थी र घरेलुु कामदारको समस्यालाई समाधान गर्न दूतावासले काम गरिरहेको छ,’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०७४ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?