कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित

सोल — गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको सौलमा सम्पन्न छैटौं महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन् ।

एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित

लक्ष्मी प्रतिस्पर्धी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै अध्यक्षमा विजयी बनिन् । उनले ६ सय ६० मत पाएकी थिइन् । निर्वाचनमा १ हजार ४ सय ७४ मत खसेको थियो । अघिल्लो कार्यसमिति लक्ष्मी उपाध्यक्ष थिइन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ, तीन उपाध्यक्षमा जीवन थापा, अमृत राई र साजन शर्मा, महासचिवमा इन्दिरा तिवारी, सचिवद्वयमा नेत्र पौडेल र नवीन पुडासैनी विजयी बनेका छन् । कोषाध्यक्षमा आलोक बानियाँ र सहकोषाध्यक्षमा जीत थापा सरु मगर विजयी बनेका छन् । त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बू, सकिन श्रेष्ठ, विजय रेग्मी र देवेन्द्र पोख्रेल निर्वाचित भएका छन् ।

आईसीसी सदस्यमा लोचन राई र प्रकाश धमला विजयी बने । युवा संयोजकमा सन्तोषकुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भए । कुल मतदाता २२ सय ८३ मध्ये ६३ प्रतिशत अर्थात् १४ सय ७४ जना मतदाताले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ ।

अधिवेशन कानुनमन्त्री यज्ञबहादुर थापाले शनिबार उद्घाटन गरेका थिए । अधिवेशनमा सामाजिक अभियन्ता महावीर पु्न पनि उपस्थित थिए ।

प्रकाशित : भाद्र २८, २०७४ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?