कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

काली र हेमन्त मोडलसहित लन्डनमा

काठमाडौं — लन्डन । यतिखेर ‘लाइमलाइट’मा रहेका संगीतकार कालीप्रसाद बास्कोटा, गायक हेमन्त राना र ‘हट एन्ड बोल्ड’मोडल सुष्मा कार्की मंगलबार साँझ लन्डन आइपुगेका छन् ।

काली र हेमन्त मोडलसहित लन्डनमा

श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना साँझका लागि कलाकार बेलायत आएका हुन् । तीनैजना कलाकारका लागि बेलायत पहिलो भ्रमण हो । उनीहरु उत्साहित छन् ।

हिथ्रो टर्मिनल फोरमा उत्रिँदा कलाकारलाई आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेप्लिज इन्टरटेन्मेन्ट ग्रुपका वीरेन खड्का, अनिल मल्ल, दीपक खड्का, अनिल आचार्यलगायतले स्वागत गरे । 'निर जहिले रिसाउने', 'पारि त्यो डाँडामा हेर', 'लैजाउ घुमाउन मलाई ठमेल बजार'जस्ता हिट गीतका सर्जक
संगीतकार तथा नेपाल आइडलका निर्णायक बास्कोटा, 'सुन साइँली साइँली परदेशबाट म आउँला' गीतका गायक राना अनि ‘हट एन्ड बोल्ड’मोडल कार्की सहभागी दसैं शुभकामना साँझ मनोरन्जनको एउटा प्याकेज भएको आयोजकले बताएका छन् ।

ती कलाकारहरुको कार्यक्रम यही शुक्रबार १५ सेप्टेम्बर साँझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको ह्यारो बरो फुटबल क्लब, २३ सेप्टेम्बरमा रेडिङस्थित किनकि कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने तय भइसकेको छ ।

प्रकाशित : भाद्र २८, २०७४ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?