कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अष्ट्रेलियाबाट एनआरएनमा ७ को उम्मेदवारी

न्युजिल्याण्डबाट २ को उम्मेदवारी
नारायण खड्का

अष्ट्रेलिया — यही अक्टोबरको दोस्रो सातामा हुन लागेको गैरआवासीय नेपालीहरुको संगठन (एनआरएन) केन्द्रीय समितिको निर्वाचनमा अष्ट्रेलियाबाट ७ जना र न्युजिल्याण्डबाट दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

अष्ट्रेलियाबाट एनआरएनमा ७ को उम्मेदवारी

एनआरएन केन्द्रीय समितीको २०१७-१९ कार्यकालका लागि एनआरएन महिला उपाध्यक्ष, महिला संयोजक, सचिव , युवा संयोजक र ओसिनिया क्षेत्रको संयोजकमा उम्मेदवारी दिइएको हो । अहिलेकी प्रवक्ता रञ्जु वाग्लेले महिला उपादक्ष्य, भोमा सांवाले महिला संयोजक, महेन्द्रकुमार लम्साल र गणेश केसीले सचिव, स्वतन्त्रप्रताप शाहले युवा संयोजक, प्रेम सापकोटा र धर्मराज अधिकारीले ओसिनिया संयोजकमा उम्मेदवारी दिएका हुन् । ओसिनिया संयोजकमा नै न्युजिल्याण्डबाट पूर्वअध्यक्ष बाबुराजा महर्जनले उम्मेदवारी घोषणा गरेका छन् भने सहसंयोजकमा न्युजिल्याण्डबाटै लोकनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका हुन् ।

यसपहिले पनि अष्ट्रेलियाले कन्द्रीय अध्यक्ष, युवा संयोजक, ओसिनिया संयोजक सहित केही महत्वपुर्ण जिम्मेवारीहरु पाएको थियो । यसबर्ष वर्तमान अध्यक्ष शेष घलेपत्नी जमुना घलेले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलिरहेको भएपनि उनको औपचारिक उम्मेदवारी सार्वजनिक भइसकेको छैन् । अन्य विभिन्न पदहरुमा उम्मेदवारीको चर्चा चलिरहेको भएपनि अहिलेसम्म ७ जनाले औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरिसकेका छन् । 

उम्मेदवारी घोषणा गरेका प्राय सबैले एनआरएनलाई सबैको संस्था बनाउन लागिपर्ने दाबी गरेका छन भने विदेशमा रोजगारीको क्रममा आइपर्ने समस्या समााधानका लागि पहल गर्ने लगायतका एजेण्डाहरु लिएका छन् । यसैगरि एनआरएनले बनाइरहेको भूकम्प पीडितहरुको घर निर्माणको परियोजना, नेपालमा सामुहिक लगानी, एनआरएन भवन निर्माण, भिजन २०२० लगायतका योजनाहरु पनि प्राथमिकतामा परेको छ ।  

प्रकाशित : आश्विन १८, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?