कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएन यूरोप संयोजकमा गौतमको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौं अधिवेशनका लागि युरोप क्षेत्रिय संयोजकमा बेल्जियमका गंगाधर गौतमले उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएन यूरोप संयोजकमा गौतमको उम्मेदवारी घोषणा

यही अक्टोबर १४ देखि १७ सम्म एनआरएनएको आठौं विश्व सम्मेलन काठमाडौंमा हुँदैछ । 

एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका गौतमले एनआरएनलार्इ ‘हुने खानेको भन्दा हुँदा खानेको’ पनि पहुँच पुग्ने खालको बनाउन संस्थागत संरचनामा सुधान ल्याउने योजना अघि सउारेका छन् । 

गौतमले एनआरएनले नेपालमा केवल लगानी र सिपको कुरा मात्र गरेर भन्दा प्रवासमा रहँदा पर्ने हरेक खालका पंजिकृत सदस्यहरूको समस्यामा सहयोग पुर्‍याउन सक्ने एनआरएन आफ्नो अभियान रहेको बताएका छन् ।

प्रकाशित : आश्विन १८, २०७४ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?