कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मृगौलापीडितद्वयलाई जापानबाट आर्थिक सहयोग

प्रकाश पन्थी

टोकियो (जापान) — रकम अभाव भएर उपचारमा समस्या भोगिरहेका दुईजना मृगौलापीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । सहयोग पाउनेमा गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाल छन् ।

मृगौलापीडितद्वयलाई जापानबाट आर्थिक सहयोग

उनीहरुलाई ५ लाख १७ हजार ६ सय ५० जापानीयान सहयोग गरिएको हो । गोरखाका गुरुङको उपचारका लागि विभिन्न संघ संस्थाबाट उठाएको ३ लाख ७८ हजार ९ सय ५ जापानीयान सहयोग गरेको तमुधिं जापानले जनाएको छ ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका-१ पौदी अमराई अरेवाका ५३ वर्षीय भूसाललाई पौदी सेवा समाज जापानले १ लाख ३८ हजार ७ सय ४५ जापानीयान सहयोग गरेको छ । भूसाल बचाउ जापानमा दुई सातासम्म चलाइएको अभियानबाट संकलित रकम पौदी समाज जापानका अध्यक्ष गोविन्द भूसालमार्फत पीडितसम्म पुऱ्याएको छ ।

गुरुङ बचाउ अभियानअन्तर्गत घान्द्रूक समाज, पञ्चासे र जिफान तथा तमुधिं जापानले संयुक्त रुपमा रकम संकलन गरेका थिए । संकलित रकम सञ्चारकर्मी डण्ड गुरुङमार्फत पीडितसम्म पुऱ्याइएको छ ।

गुरुङको नेपालमा र भूसालको भारतको कानपुरमा उपचार भइरहेको छ । भूसालको मृगौला प्रत्यारोपणमा व्यक्ति पाए पनि ५० लाख लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रकाशित : आश्विन २०, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?