कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपालको पर्यटन प्रवर्द्धनका लागि जापानमा प्रचारप्रसार

प्रकाश पन्थी

टोकियो (जापान) — नेपालमा पर्यटन प्रवर्द्धनका लागि जापानमा तस्बिरसहितका सामाग्रीमार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारमार्फत १ लाखभन्दा बढी विदेशी नागरिकलाई फोटोसहितका सामाग्री वितरण गरिएको आयोजकले बताएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि जापानमा प्रचारप्रसार

नेपालमा पर्यटन प्रवर्द्धनका लागि जापानमा तस्बिरसहितका सामाग्रीमार्फत प्रचारप्रसार गरिएको छ ।

प्रचारप्रसारमार्फत १ लाखभन्दा बढी विदेशी नागरिकलाई फोटोसहितका सामाग्री वितरण गरिएको आयोजकले बताएका छन् । अंग्रेजी, जापानी तथा नेपाली भाषामा वितरित फोटोसहितका सामाग्री देखेर जापानी नागरिकले नेपालबारे चासो लिँदै जिज्ञासा जनाएका थिए । जापानस्थित राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले प्रचारप्रसार गरेको हो ।

'सुन्दर शान्त देश नेपालको एकपटक अवलोकन गरौं' भन्ने सन्देश दिइएको फोटोसहितका सामाग्री हेरेर जापानका ४७ प्रान्तका पदाधिकारीले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल जापान पर्यटनमा एक भएर जान सक्ने भनाइ समेत राखेका जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले जानकारी दिए ।

जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोटसहित विश्वसम्पदा सूचीमा सुचीकृत पर्यटकीय क्षेत्रको फोटोसहितका सामाग्रीमार्फत जानकारी गराइएको थियो ।

नेपालको यो प्रचारप्रसार कार्यलाई आयोजक जापान एशोसिएसन अफ ट्राभल एजेन्ट (जाटा)ले नमुनायोग्य भन्दै विदेशी नागरिकलाई बुझाउन गरिएको सहजता उपाय साँच्चिकै सरहानीय रहेको जनाएको छ ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको जाटा फेयर-२०१७ मा यो पटक नेपाल चिनाउने ७ हजार फोटोसहितका सामाग्री वितरण गरिएको पर्यटन बोर्डका प्रबन्ध निर्देशक सन्तोष घिमिरेले बताए । जाटा फेयर २१ सेप्टेम्बरदेखि २५ सम्म टोकियोमा भएको थियो ।

फेयरमा नेपालले श्रव्य, दृश्य र सामाजिक सञ्जालमार्फत चिनिएका पर्यटकीय क्षेत्रको मार्गसहितका ब्रोसलेट सामाग्री वितरण गरेको थियो । जापानका ४७ प्रान्तका पर्यटनसम्बद्ध पदाधिकारी र ३० राष्ट्रका अधिकारी सहभागीलाई नेपाली कला संस्कृतिबारे जानकारी दिन नेपाली गीत रेसम फिरिरिमा स्थानीय कलाकारमार्फत नृत्य प्रदर्शन गरिएको थियो ।

एकसाता ढिलो गरी बिहीबार जाटाले सार्वजनिक गरेको तथ्यांकमा १ लाख ९१ हजार ५ सय ७७ जनाले अवलोकन गरेको उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन २१, २०७४ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?