नेपालमा वाम एकता गर्ने घोषणापछि कोरियाका माओवादी र नयाँ शक्तिका कार्यकर्ताहरु ससफोमा प्रवेश

कान्तिपुर संवाददाता

सोल — नेपालमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच वाम एकता गर्ने घोषणा भएको परिपेक्षमा दक्षिण कोरियाका माओवादी र नयाँ शक्ति पार्टीका केही कार्यकर्ताहरुले भने पार्टी परित्याग गरेका छन् । उनीहरु संघीय समाजवादी फोरम (ससफो) मा प्रवेश गरेका छन् ।

नेपालमा वाम एकता गर्ने घोषणापछि कोरियाका माओवादी र नयाँ शक्तिका कार्यकर्ताहरु ससफोमा प्रवेश

ससफो नेपालका प्रवास संगठन, नेपाली संघीय समाज, दक्षिण कोरियाद्वारा सौलस्थित नेपाल हाउसमा छुसकको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । सोही अवसरमा अन्य पार्टीका दर्जन कार्यकर्ताहरु ससफोमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नयाँ शक्ति कोरियाबाट केही समय अगाडि पार्टी परित्याग गरेका पूर्वकेन्द्रीय सचिव पासाङ नोर्बु शेर्पा, केन्द्रीय सदस्य तथा शेर्पा संघ कोरियाका अध्यक्ष शेर साङ्बो शेर्पा र केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ ख्वाङ्जुका अध्यक्ष पर्वत रार्इ पार्टी प्रवेश गरेका छन् ।

त्यस्तै पार्टी प्रवेश गर्ने सर्लाही माओवादी केन्द्र परित्याग गर्दै सुबोध घलान र सङ्घीय लिम्बुवान मञ्च परित्याग गर्दै सुवास मोक्तानलगायत १७ नवप्रवेशीहरुलाई नेपाली संघीय समाज कोरिया अध्यक्ष महेन्द्र राईले स्वागत गरेका थिए ।

पासांग नुर्बु शेर्पाले पछिल्लो समय वाम एकताको नाममा बाहुन एकता भएको र अब त्यस्ता एकल जातीय पार्टीले पिछाडिएको वर्ग समुदायको पहिचान स्थापित गर्न नसक्ने आरोप लगाउँदै अर्को पार्टीमा प्रवेश गरेको बताए । त्यस्तै शेर साङ्बो शेर्पाले आगामी दिनमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारूलगायत पिछड़िएका वर्ग समुदायको हक़ अधिकार सुनिश्चित गर्न र पहिचान स्थापित गर्न आफू ससफो प्रवेश गरेको स्पष्ट पारे ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पछिल्लो समयमा सिद्धान्त र वैचारिक ध्रुविकरणका नाममा विभिन्न पुराना यथास्थितिवादी पार्टी त्यागेर अग्रगामी शक्तिमा आबद्ध हुने क्रम तीव्र बनेको अध्यक्ष महेन्द्र राईले बताए ।

यी हुन् ससफो प्रवेश गर्नेहरु 
१) पासाङ नोर्बु शेर्पा दोलखा (सचिव तथा सचिवालय सदस्य नयाँ शक्ति कोरिया, वरिष्ठ उपाध्यक्ष शेर्पा संघ कोरिया)
२) शेर साङ्बो शेर्पा दोलखा (अध्यक्ष शेर्पा संघ कोरिया, केन्द्रीय सदस्य नयाँ शक्ति कोरिया)
३) पर्वत राई (अध्यक्ष-आदिवासी जनजाति महासंघ ख्वाङ्जु कमिटी कोरिया तथा केन्द्रीय सदस्य नयाँ शक्ति कोरिया)
४) निमा शेर्पा, उदयपुर
५) तेम्बा शेर्पा, सिन्धुपाल्चोक
६) अर्जुन बिक, स्याङ्जा
७) पुरन चोङ्बाङ, झापा
८) कृष्ण नेम्वाङ, पाँचथर
९) नवीन गुप्ता, सुनसरी
१०) भूपाल राई, भोजपुर
११) सुबोध घलान (सर्लाही माओवादी केन्द्र परित्याग गर्दै)
१२) सुवास मोक्तान (सङ्घीय लिम्बुवान मञ्च परित्याग गर्दै )
१३) सुस्मा राई
१४) पूर्ण नेम्वाङ
१५) युगल राई
१६) विक्रम श्रेष्ठ र,
१७) प्रेम किराती
 

प्रकाशित : आश्विन २२, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?