कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एमाले विदेश संगठन कोरियाको अध्यक्षमा परशुराम सापकोटा

कान्तिपुर संवाददाता

सोल — नेकपा एमालेका विदेश संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आइतबार सम्पन्न छैटौं अधिवेशनले परशुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

एमाले विदेश संगठन कोरियाको अध्यक्षमा परशुराम सापकोटा

नेपालबाट आएका नेकपा एमाले पोलिट व्यूरो सदस्य वृन्दा पाण्डेको प्रमुख आतिथ्यमा  सम्पन्न अधिवेशनले सर्वसम्मत २६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नव कार्यसमितिमा उपाध्यक्षत्रय लाल बहादुर साउद , टेकबहादुर पुन र विष्णु उपाध्याय रहेका छन् भने समरदीप चौलागाईं महासचिव र हरी शंकर भण्डारी र दीपेन्द्र अधिकारी सचिवमा चयन भएका छन् । नेत्र चौधरी कोषाध्यक्ष र दुर्जहाङ्ग लिम्बू सह कोषाध्यक्ष लगायत १७ जना सदस्यमा रहेका छन् ।

प्रकाशित : आश्विन २३, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?