२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

कतारमा एनआरएनद्वारा शुभकामना आदानप्रदान

कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बिजयादशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान दोहामा गरेको छ ।

कतारमा एनआरएनद्वारा शुभकामना आदानप्रदान

एनआरएनएका कार्यवाहक अध्यक्ष सुदर्शन भट्टको सभापतित्व भएका कार्यक्रममा कतारमा क्रियाशील नेपाली संघसंस्थाका अगुवाले शुभकामना दिएका थिए । प्रमुख अतिथि नेपाली दूतावासका सहचारी रामबोल आचार्यले प्रवासमा नेपाली चाडपर्व मनाउदा घरको याद मेटिने बताए ।

एनआरएनका पूर्व उपाध्यक्ष सागर नेपाल, नेपाली जन सम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मंच कतारका कार्यवाहक अध्यक्ष द्रोण बहादुर बस्नेत, नेपाली जनप्रगतीशिल मंचका कार्यवाहक अध्यक्ष रकमध्वज राई, एकता समाज कतारका अध्यक्ष लुमाकान्त पुन, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाली महिला समाजकी अध्यक्ष सुस्मीता भुषाल लगायतकाले शुभकामना दिएका थिए ।

लोक तथा दोहोरी गायिका मन्जु विकले लोक दोहोरी गीत प्रस्तुत गरेकी थिइन् । गायक दामोदर न्यौपानेले सुन साईली गीत गाएका थिए । रेगिस्तानी कवि तिर्थसंगम राईको रातो सल र रेशम बस्नेतले कविता प्रस्तुत गरेका थिए ।

कार्यवाहक अध्यक्ष भट्टले कतारमा कृयाशील सम्पूर्ण संस्थाहरुसंग सहकार्य गर्दै संयुक्त रुपमा अझै भव्य कार्यक्रम गर्ने योजना भएतापनि एनआरएनको विश्व सम्मेलन हुन गइरहेकोले यसपाली सम्भब नभएको वताएका थिए ।

प्रकाशित : आश्विन २३, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?