२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एनआरएनका उम्मेदवारहरु भन्छन्,‘नेपालीले पाउने तलव श्रम–सम्झौतामै लेखियोस्’

– नरेन्द्र भाट उपाध्यक्ष, डिवी क्षेत्री सचिव, आरके शर्मा मध्यपुर्व संयोजक र प्रविण गुरुङद्वारा सहसंयोजकमा उठ्ने घोषणा
कान्तिपुर संवाददाता

काठमाडौं —
खाडी क्षेत्रका एनआरएन अभियान्ताहरुले मध्यपुर्वमा कार्यरत नेपालीले सरकारले निर्धारण गरेको तलव पाउन नसकेको भन्दै त्यसलाई कार्यान्वयन गराउन श्रम सम्झौतामै लेखिनुपर्नेमा जोड दिएका छन् ।

एनआरएनका उम्मेदवारहरु भन्छन्,‘नेपालीले पाउने तलव श्रम–सम्झौतामै लेखियोस्’

अक्टोवर १४ देखि काठमाडौंमा हुन गइरहेका गैरआवसीय नेपालीको विश्वसम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका उनीहरुले वैदेशिक रोजगार पत्रकार समाजको समन्वयमा सोमवार काठमाडौंमा आयोजित अन्तरक्रियामा श्रम सम्झौतामा तलव तोकिएपछि मात्रै कम्पनीहरुले मागपत्रमा लेखिने तलव दिन बाध्य हुने वताएका हुन् ।

नेपालमा करारपत्र गरी लगिएका कामदारलाई गन्तब्य देशमा पुगेपछि कम तलव दिने गरेको छ । कतारमा खाना सहित १२ सय रियाल र खाडीका अरु देशमा एक हजार रियाल दिने भएपछि मात्रै श्रमस्वीकृति दिने गरेको छ ।

‘दूतावासले तलव तोक्ने वेला देखि नै हामीले गन्तब्य देशसँग गर्ने श्रम सम्झौतामा तलव उल्लेख गर्नुपर्छ भनिरहेका थियौ । त्यो नहुदाँ नेपालले निर्धारण गरेको तलव पुर्ण रुपमा कार्यान्वयनमा आएको छैन’, उपाध्यक्षका उम्मेदवारी दिएका नरेन्द्र भाटले भने,‘हरेक बर्षजस्तो नेपालीले पाएका समस्याहरु फेरिदै गइरहेको छ । पछिल्लो समयमा आजाद भिसा र भिजिट भिसाको रुपमा कामदारको तस्करी भइरहेको छ । दोहोरो करारपत्र र न्युन तलवमा काम गर्नुपर्ने बाध्यता छदैछ ।’

सचिवका उम्मेदवार रहेका मध्यपुर्व संयोजक डिवी क्षेत्रीले सरकारले वैदेशिक रोजगारमा जाने कामदारको सामाजीक सुरक्षाको ग्यारेन्टी गर्न ढिला भएको वताए । ‘हामीले विदेशमा काम गर्ने नेपालीसँग महिनाको एक हजार बचत गर्ने गरी हजारे अभियान शुरु गरेका छौं । यसमा योगदान गर्ने कामदारलाई पेन्सन दिने देखि राज्यले भनेको आयोजनाहरुमा लगानी गर्न सकिन्छ,’ उनले भने,‘कामदारको सामाजीक सुरक्षा गर्ने नै यो उचित माध्यम हो ।’

पटक पटक सरकार फेरिदा आफुहरुले उठाएको बिषयलाई सम्बोधन हुन ढिलाई भएको वताए । ‘दोश्रो संबिधानपछि बनेका चार वटै प्रधानमन्त्रीलाई भेटेर कामदारको सामाजीक सुरक्षाको ग्यारेन्टीको लागि हजारे अभियान लागु गरौ भन्यौ । सवै सकारात्मक पनि भए । तर कार्यान्वयन भएन,’ उनले भने,‘यसलाई जसरी पनि कार्यान्वयन गर्न हामी लागेका छौं ।’

कतारमा ब्यबसाय समेत गर्दै आइरहेका मध्यपुर्व संयोजकमा उम्मेदवारीका घोषणा गरेका आरके शर्माले मध्यपुर्वमा नेपालीले भागेका समस्यालाई समाधान गराउनको लागि सही सचेतना सवैभन्दा महत्वपुर्ण रहेको वताए । ‘कामदार कसरी सुरक्षीत रहने ? कसरी स्वस्थ हुने ? भन्ने बिषय निकै महत्वपुर्ण छ,’ उनले भने,‘यस्तो बिषयमा सुचना दिन सकेमात्रै सकुशल नेपाल पठाउन सकिन्छ । मैले यही बिषयमा काम गर्ने योजना वनाएको छु ।’

शर्माले खाडीबाट खर्चालु पर्यटक भित्राउने, नेपाली स्कुल स्थापना गर्ने र इराक, लेवनान, जोर्डन जस्ता देशमा कुटनीतिक निकायको स्थापनामा सक्रिय भुमिका निर्वाह गर्नेमा जोड दिए ।

उपसंयोजकका उम्मेदवारी दिएका प्रविण गुरुङले नेपाली कामदारको हितको लागि दूतावासको भुमिका निकै महत्वपुर्ण रहेको वताउदै भने,‘सरकार जिम्मेवारी भए खाडीमा नेपालीले भोगेका समस्यालाई हल गर्न सकिन्छ । त्यसको लागि एकिकृत कार्यायोजना वनाउनु पर्छ ।’

कार्यक्रममा गैरआवसीय नेपाली संघ, कतारका अध्यक्ष नविन पोखरेलले कतारमा काम गर्ने नेपालीको २४ घण्टा बिमा नहुने, दोहोरो करारपत्रमा आउनुपर्ने जस्ता प्रमुख समस्या रहेको वताए ।

प्रकाशित : आश्विन २४, २०७४ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?