एनआरएनएमा मलेसियाबाट २ जनाको उम्मेदवारी

मलेसियाबाट ११० जना सहभागी हुने
कान्तिपुर संवाददाता

काठमाडौं —
मलेसियामा कार्यरत भवानी शंकर तिवारी र रमेशप्रसाद तिवारीले गैर आवासीय नेपाली संघको एसिया क्षेत्रीय संयोजक र सह–संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनएमा मलेसियाबाट २ जनाको उम्मेदवारी

एनआरएनको अक्टोबरमा १४ देखि १७ सम्म काठमाठौंमा हुने आठौं विश्व सम्मेलनमा उनीहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सम्मेलनमा सहभागी हुन मलेसियाबाट एकसय १० जना आउने भएका छन् ।

उनीहरुले मलेसिया बैदेशिक रोजगारीको प्रमुख गन्तव्य भएकाले उनीहरुका हक हितका लागि र एसियाली मुलुकमा रहेको स–साना पूँजीलाई एकीकृत गरि आर्थिक सबैको आर्थिक विकास गर्ने संघको अवधारणा पूरा गर्न एसिया क्षेत्रको नेतृत्वका लागि अघि बढीएको घोषणा गरे ।
आफुहरुले सबैसँग सहयोग र समन्वयको आशा राखेको भन्दै लाखौं नेपाली भएकाले पनि मलेसिया एसिया प्रशान्त क्षेत्रको नेतृत्वका लागि तयार रहेको पनि बताए ।

मलेसियाबाट एसिया प्रशान्त क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा गरिएको यो पहिलोपटक हो । संघको केन्द्रीय समितिमा हालसम्म मलेसियाबाट सदस्य बाहेकका मूख्य पदहरुमा आबद्धता छैन ।
मलेसियास्थित संघले आयोजना एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्ने तिवारीद्वयलाई संघका सल्लाहकार हरि भट्टराई, आईसिसि सदस्य विश्व विक्रम राई, अध्यक्ष खगेन्द्र न्यौपाने र सदस्यहरु लगायत सहभागीले जितका लागि शुभकामना व्यक्त गरे ।

संघका अनुसार मलेसियामा करिब १२ सय सदस्यहरु छन् । तीमध्ये ११० जना सम्मेलनमा सहभागी हुनेछन् । सन् २००३ अक्टोबर ११ मा स्थापना भएको यस संघका विभिन्न ७३ मुलुकहरुमा समन्वय समितीहरु छन् । हरेक २ बर्षमा हुने विश्व सम्मेलनमा ती देशहरुबाट हजारौं प्रतिनिधिहरु सहभागी हुने गर्दछन् ।

प्रकाशित : आश्विन २५, २०७४ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?