३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाल्टिमोरमा नेपाली विद्यार्थीको निधन

कान्तिपुर संवाददाता

न्युयोर्क — बाल्टिमोरमा हालै एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । डेढ वर्षअघि अध्ययनका लागि अमेरिकामा आएका २३ वर्षीय प्रसिद्व कँडेलको मृत्यु भएको हो ।

बाल्टिमोरमा नेपाली विद्यार्थीको निधन

कँडेलले आफू बस्ने अपार्टमेन्टको कपडा धुने (लौन्ड्री) कोठामा झुण्डिएर आत्महत्या गरेका उनी निकट एक साथीले कान्तिपुरलाई बताए । अनपेक्षित तनाव एवं पढाईको चापका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

कँडेलको मुल घर गुल्मी रहेको र उनको परिवार हाल काठमाडौंको शंखमुलमा बस्दै आएको छ । केही समययता नेपाली विद्यार्थीहरुमा तनावका कारण आत्महत्या गर्नेको संख्या बढ्दो छ ।

डेढ वर्षअघि उनी आलाबामा विश्वविद्यालयमा स्नातक तहको पढाईका लागि अमेरिका आएका थिए । केहि समयअघि मात्र अनुकुलतालाई मध्यनजर गर्दै कँडेल, बाल्टिमोरको कलेज स्थानान्तर भएका थिए । उनी काठमाडौंको चेल्सी एकेडेमीबाट प्लस टु को पढाई सिध्याएपछि अमेरिका आएका थिए ।

प्रकाशित : आश्विन २६, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?