२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआरएनए प्रवक्तामा भूषण घिमिरे

कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा भूषण घिमिरे नियुक्त भएका छन् । संघको बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो । घिमिरे जापानमा सञ्चारसहितका उद्यम क्षेत्रमा क्रियाशील छन् ।

एनआरएनए प्रवक्तामा भूषण घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा भूषण घिमिरे नियुक्त भएका छन् ।

संघको बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो । घिमिरे जापानमा सञ्चारसहितका उद्यम क्षेत्रमा क्रियाशील छन् ।

जापानको सोफिया युनिभर्सिटीमा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे राजधानी टोकियोबाट प्रकाशित नेपाली पत्रिका ‘नेपाली समाचार’का प्रधान सम्पादक हुन् । १६ वर्षदेखि जापानमा बस्दै आएका उनी नेपालमा रहँदा युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक, रेडियो नेपालको कार्यक्रम ‘परिवेश’को प्रस्तोता थिए । उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

घिमिरेले नेपालमा बैंकिङ, हाइड्रो, शिक्षा क्षेत्रमा लगानी गरेका छन् भने जापानमा रेस्टुरेन्ट, ग्रोसरी व्यवसाय गर्दछन् ।

प्रकाशित : कार्तिक १, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?