कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अष्ट्रेलियामा तिहारको अलग रौनक

नारायण खड्का

अष्ट्रेलिया — नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइरहेको नेपाली पाठशालाले दुईदिनअघि देउसी भैलो खेल्न सुरु गर्‍यो । त्यस्तै नेपालमा बिद्यालय निर्माण गरिरहेको बोटल फर स्कुलले पनि सहयोग संकलनकै लागि देउसी भैलो खेलिरहेको छ ।

अष्ट्रेलियामा तिहारको अलग रौनक

अष्ट्रेलियाका प्राय सबै शहरहरुमा केही दिनअघिदेखि तिहार लागिसकेको छ । सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबनतिरका प्राय नेपालीहरुका घर दीपावलीले सजिएका छन् । नेपालीहरुको महान पर्व तिहार अष्ट्रेलियाका बिभिन्न शहरहरुमा दीपावली गरेर र देउसी भैलो खेलेर मनाउन सुरु गरिएको हो । केही दिनअघिदेखि नै सुरु भएको तिहार मनाउने क्रम शहरी क्षेत्रमा मात्र नभएर गाउागाउामा समेत फैलिदै गएको छ ।

तिहारको अवसर पारेर संस्थागत रुपमा देउसी भैलो खेल्ने क्रममा बृद्धि भएको मात्र छैन कि सामाजिक कार्यका लागि रकम संकलन गर्ने अवसर समेत मिलेको छ । अहिले यहााका सबै सहरहरुमा रमाइलोका लागि मात्र नभएर सामाजिक कार्यका लागि देउसी भैलो खेल्ने क्रम बढेको हो । ‘देउसी भैलो रकम संकलन गर्ने भन्दापनि आफ्नो कलासंस्कृति बचाउने र विदेशमा आफ्नो पहिचानलाई अझ दरिलो बनाउने एउटा माध्यम हो ।’ प्रत्येक बर्ष संस्थागत रुपमा देउसी भैलो खेल्दै आएका अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका महासचिव मिलन दहाल भन्छन् ।

नेपालीहरु आफ्नै घर किनेर यहाँ ब्यवस्थित भइसकेकाले समेत दसैंतिहार जस्ता पर्वहरु यहाा अझ धुमधामसँग मनाउने गरिएको हो । यस्तै चाडपर्वको समयमा महोत्सव नै आयोजना गर्ने प्रचलनमा समेत वृद्धि हुदै गएको छ । बिशेष गरेर तिहार जस्ता पर्वले यहाा नेपालीहरुको पहिचान र कलासंस्कृतीको प्रचारप्रसार र प्रवर्द्धन समेत हुने स्थानीय युवा नबिन पन्तको धारणा छ ।

पछिल्लो समयमा दोस्रो पुस्ताका नेपालीहरु पनि आफ्नो कलासंस्कृतिप्रति जागरुक बनेकाले तिहार जस्ता पर्वहरुले अझ महत्त्व पाउँदै गएको हो । जसमा पहिलो पुस्ता मात्र नभएर दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुले समेत उत्साहका साथ सहभागिता जनाउदै आएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?