पोर्चुगलमा हत्या गरिएका जिसिका परिवारलाई सहयोग

कान्तिपुर संवाददाता

काठमाडौं — पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वतका हरि बहादुर जीसीका बालबच्चाको शिक्षामा सहयोग पुर्‍याउन ७३ हजार रुपैया सहयोग मिलेको छ ।

जेवी ओलीले पोर्चुगलमा साँगीतिक साँझ कार्यक्रम आयोजना गरी सहयोग संकलन गरेको हो । एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की र पुर्व आईसिसी सदस्य सूर्य हमालले जिसिकी श्रीमती रुक्मणी खड्का जीसीलाई रकम हस्तान्तरण गरेका थिए ।

प्रकाशित : कार्तिक २१, २०७४ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

म्यादी प्रहरीको जोस

विद्या राई

भोजपुर — प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षार्थ खटाउन म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयले तालिम सुरु गरेको छ । सदरमुकाम स्थित स्थानीय टुडिखेलमा छनौटमा परेका ६ सय ६५ म्यादीलाई तालिम दिरहेका छन् ।

छनौटमा परेका म्यादी प्रहरी मध्ये पुरुष ४ सय ६४ र महिला २ सय १ जना रहेको इन्स्पेक्टर गीतनारायण चौधरीले बताए । उनीहरुलाई ८७ मतदान स्थल तथा १ सय ४८ मतदान केन्द्रमा खटाइनेछ । म्यादीका लागि १ हजार ७ सय ५६ ले आवेदन फारम भरेका थिए । रोजगारीको अवसर नपाइरहेका बेला म्यादी प्रहरीमा युवाहरुको उपस्थिति उल्लेख्य छ ।

प्रकाशित : कार्तिक २१, २०७४ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्