‘कोरियाबाट रेमिटयान्स सहज बनाउँछौ’

कान्तिपुर संवाददाता

सोल — दक्षिण कोरियाबाट वैधानिक रूपमा नेपाल पैसा पठाउने माध्यम रेमिटयान्सको कार्यालय खोल्न चाहनेलाई नेपाल सरकारले सहयोग गर्ने राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले बताएका छन् ।

सोमबार सोलमा नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले कोरियाको केन्द्रीय बैंकसँग रेमिटयान्स कारोबारका लागि छलफल भएको जानकारी दिए । 
दक्षिण कोरियामा फस्टाउँदो हुन्डीका कारण नेपाल भित्रिने रेमिटयान्स न्यून भएपछि नेपाल सरकार गम्भीर भएको बताउँदै नेपालले थप रेमिटयान्सका कार्यालय खोल्न चाहनेलाई आहवान गरेका हुन् । उनले कोरियामा रहेका नेपालीहरूलाई वैधानिक रूपमा रकम नेपाल पठाउन आग्रह पनि गरे । कोरियाबाट वार्षिक कति रेमिटयान्स भित्रिन्छ भन्ने सही तथ्यांक छैन । 
ईपीएसबाट कोरिया आउने नयाँ कामदारलाई नेपालमा अनिवार्य खाता खेल्न लगाउने र पुन: आउने कामदारलाई पनि वैधानिक रूपमा नेपाल पैसा पठाएको देखिनुपर्ने कडा नियम लागू गर्न लागेको जानकारी उनले दिए । सरकारले पनि कोरियामा आएर काम गर्नेलाई छुट्टै महत्त्व दिएको छ । कोरियाबाट फर्केर कृषि वा व्यापार व्यवसाय गर्न चाहनेलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्न लागेको गभर्नर नेपालले थपे । 

 

प्रकाशित : कार्तिक २२, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

‘फाटेको जुत्ता’ डेढमहिने विदेश यात्रामा

कान्तिपुर संवाददाता

काठमाडौं — यति बेला पहिलो सातामा चलिरहेको ‘फाटेको जुत्ता’ ले डेढमहिने विदेश यात्रा सुरु गरेको छ । नोभेम्बर ४ मा अस्ट्ेरलियाको सिडनीबाट प्रदर्शन यात्रा थालेको निकेश खडका निर्देशित उक्त फिल्मले सिडनी र जापानको टोकियोमा हाउसफुल सो सम्पन्न गरेको निर्माता अर्जुनकुमारले जनाएका छन् ।

सौगात मल्ल, कामेश्वर चौरसिया, रवीन्द्र झा, प्रियंका कार्कीलगायतको अभिनय रहेको ‘फाटेको जुत्ता’ ले तराईको पृष्ठभूमिमा रहेर कथा वाचन गरेको छ । फिल्मले मध्यम समीक्षा बटुले पनि स्वदेशी बक्सअफिसमा भने सन्तोषजनक व्यापार गरिरहेको छ ।

१३ नोभेम्बरमा अस्ट्रेलियाकै मेलबर्नमा देखाइने फिल्म त्यसपछि जर्मनी, पोल्यान्ड र हंगकंगमा देखाइने बताइएको छ । निर्माता अर्जुनकुमारका अनुसार, नोभेम्बरमै डेनमार्क र बेल्जियममा पनि प्रदर्शनका लागि निश्चित भइसकेको छ । त्यसैगरी अमेरिकाको टेक्सासमा १० डिसेम्बरमा सो निश्चित गरिएको ‘फाटेको जुत्ता’ दक्षिण कोरिया र पोर्चुगलमा त्यसको पाँच दिनपछि देखाइने छ । क्यानाडा र इजरायलमा १८ डिसेम्बरमा प्रदर्शनपछि फिल्मको हाल निश्चित भएको अन्तिम सो बेलायतमा २३ डिसेम्बरमा हुनेछ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्