१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सहारा र हैबुङ माविलाई हङकङको सहयोग

कान्तिपुर संवाददाता

हङकङ — सहारा क्लव हङकङले सहारा एकेडेमी पोखरालाई १५ लाख र हैबुङ मावि सिन्धुपाल्चोकलाई ५ लाख रुपैयाा नगद सहयोग गर्ने भएको छ । उक्त रकम जेठ १४ मा सम्पन्न तेश्रो सहारा सााझबाट संकलन गरिएको हो ।

सहारा र हैबुङ माविलाई हङकङको सहयोग

उक्त कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक कार्यक्रममा उक्त सहयोग रकमको घोषणा गरिएको हो । संयोजक रेणुका गुरुङले उक्त कार्यक्रमबाट १ लाख ७० हजार ७६ डलर बचत भएको सार्वजनिक गरेकी थिइन् ।

क्लवका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य प्रायोजक इन्द्र बराह ज्वेलरी, सहप्रायोजक देव गुरुङ र नेपाल एयरलायन्सलगायतका प्रायोजकहरुलाई सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो । 

समारोहमा सल्लाहकार राधिका गुरुङ चिफ एक्जुकेटिभ कमेन्डेसन फर सोसियल सर्भिसबाट सम्मानित र मोना अन्तर्राष्ट्रिय समितिको वरिष्ठ सल्लाहकार निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो ।

अध्यक्ष दीपक गुरुङले भूकम्पबाट क्षतिग्रस्त हैवुङ विद्यालयलाई सहारा क्लव बेलायतले पुननिर्माण गरिरहेकोले उक्त सहयोग गरिएको बताएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?