गम्भीरलाई कोरियामा मानार्थ सम्मान

कान्तिपुर संवाददाता

सियोल — डेढ दशकदेखि दक्षिण कोरियामा नेपाली कला र संस्कृति प्रवद्र्धन आएका गम्भीर श्रेष्ठलाई सियोल महानगरपालिकाले मानार्थ नागरिकबाट सम्मान गरेको छ । बुधबार राजधानी सियोलमा आयोजित विषेश समारोहमा नगरपालिकाका मेयर पार्क वन सुनले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरे ।


कोरियामा अध्ययन गर्न प्रवेश गरेका श्रेष्ठले विद्यार्थी समयदेखि नै यहाँ नेपाली कला र संस्कृतिको प्रचारप्रसार गर्दै आएका थिए । उनी कोरियाका केबीएस, एमबीसी, इदिएसजस्ता टेलिभिजन च्यानल र रेडियोमार्फत कार्यक्रम सञ्चालनदेखि विभिन्न फिल्ममा अभिनय गर्दै प्रवासी अधिकारबारे बोल्दैसमेत आएका छन् । थुङगुग विश्वविद्यालयमा कोरियन इतिहाससम्बन्धी अध्ययन गरेका उनी हाल बहुसांस्कृतिक क्षेत्रमा विभिन्न संस्थाहरूमार्फत कार्यरत छन् । पाँच वर्षअघि कोरियन युवतीसँग विवाह गरेका श्रेष्ठले बहुसांस्कृतिक परिवारका अनाथ र असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, युवायुवतीहरूलाई विभिन्न परामर्श दिने कार्यसँगै अन्तर सांस्कृतिक सम्बन्धबारेपनि अभियानहरू चलाउँदैआएका छन् ।
सम्मानप्राप्त गरेपछि श्रेष्ठले नेपाल र कोरियाको सम्बन्धलाई जनस्तरमा अझ गाढा बनाउन सम्मानले थप जिम्मेवारी र अवसर दिएको दाबी गरे । सियोलमा रहेका विभिन्न देशका सक्रिय नागरिकलाई सम्बन्धित दूतावासको सिफारिसमा नगरपालिकाद्वारा हरेक वर्ष मानार्थ सम्मान प्रदान गर्दै आएको छ । नेपालबाट भने यसअघि केपी सिटौला, राजु क्षेत्री, जुनु गुरुङ र हिम गुरुङ मानार्थ सम्मान पाइसकेका छन् ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तकको रोयल्टी मन्दिरलाई

कान्तिपुर संवाददाता

काठमाडौं — साहित्यकार तथा पत्रकार कमल रिजालले आफ्नो नयाँ उपन्यास ‘दृष्टिभ्रम’ को यस वर्ष प्राप्त भएको रोयल्टीबापत्को एक लाख पाँच हजार रुपैयाँ गैंडाकोट, नवलपरासीस्थित मौलाकालीका मन्दिरलाई प्रदान गरेका छन् ।

साहित्यकार तथा पत्रकार कमल रिजाललेआफ्नो नयाँ उपन्यास ‘दृष्टिभ्रम’ को यस वर्ष प्राप्त भएको रोयल्टीबापत्को एक लाख पाँच हजार रुपैयाँ गैंडाकोट, नवलपरासीस्थितमौलाकालीका मन्दिरलाई प्रदान गरेका छन् । लेखकले रोयल्टीबाट प्राप्त हुने रकम पछि पनि क्रमश: सोही मन्दिरलाई नै प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका छन् । सृजना साहित्य प्रतिष्ठान गैंडाकोटद्वारा हालै आयोजित उक्त उपन्यासको परिसंवाद कार्यक्रममा लेखक रिजालले रकम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटालाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष सापकोटाले सो रकमलाई मन्दिर परिसरमा पुस्तकालय स्थापना गर्ने कार्यमा लगानी गरिने बाताए ।
सांग्रिला बुक्सद्वारा प्रकाशित ‘दृष्टिभ्रम’ बोक्सीप्रथाको विरोधमालेखिएको छ । परिसंवादमा डा. मतिप्रसाद ढकालले उपन्यास महिला हिंसाविरुद्धको बेजोड आवाज भएको टिप्पणी गरेका थिए । अर्का वक्ताडा. केशव चालिसेले उपन्यासले तन्त्रशास्त्र तथा दर्शनशास्त्र एवं शरीर विज्ञान र मनोविज्ञानको आधारमा बोक्सीप्रथा उन्मूलन गर्ने प्रयासगरेको बताए ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT