१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल आइडललाई राम्रो साथ

अस्ट्रेलिया — एकमहिने सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएको नेपाल आइडलको टोलीलाई यहाँका संगीतप्रेमीले राम्रो साथ दिएका छन् । अस्ट्रेलियाका आठ सहरमा गाउने सांगीतिक प्रस्तुति लिएर केही दिनअघि सिड्नी आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र प्रमिला राई छन् ।

नेपाल आइडललाई राम्रो साथ

नेपाली टचको निम्तोमा आएका उनीहरूले अहिलेसम्म सिड्नी, क्यानबेरा, ब्रिसबन र मेलबर्नमा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने अन्य चार सहरमा पनि प्रस्तुत हुँदै छन् । उनीहरूलाई कार्यक्रम सम्पन्न भएका सबै सहरमा नेपाली दर्शकहरूले भरपूर साथ दिएका थिए ।

आयोजकले उनीहरूको कार्यक्रमलाई पहिलोपटक सिड्नीका प्रतिष्ठितमध्येको ओलम्पिक पार्कमा रहेको स्पोट्र्स सेन्टरमा राखेको थियो । अन्य सहरमा समेत उत्कृष्ट कार्यक्रमस्थलमा कार्यक्रम प्रस्तुत गरिएको आयोजक राजकुमार गोस्वामीले दाबी गरे ।

मेलबर्नमा आइतबार आयोजित कार्यक्रममा समेत दर्शकश्रोताको उत्तिकै उपस्थिति थियो । उनीहरूलाई दर्शकश्रोता नाचेर र गाएर दिएका थिए । करिब तीन घण्टा दर्शकश्रोताले भरपूर मनोरञ्जन पाएका थिए ।

नेपाली टचका दीपेश पुनका अनुसार, उनीहरूले एडिलेड, पर्थ, होबार्ट र डार्बिनमा पनि गाउनेछन् ।

प्रकाशित : मंसिर १८, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?