कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

साइप्रसमा दोस्रो मिस नेपाल

उपाधि छिरिङ शेर्पालाई

काठमाडौं — दोस्रो मिस नेपाल साइप्रसको २०१७ को उपाधि छिरिङ डोल्मा शेर्पाले पहिरिएकी छन् । प्रथम रनरअप सृष्टिना महर्जन र द्वितीय रनरअप पवित्रा घिमिरे घोषित भए ।

साइप्रसमा दोस्रो मिस नेपाल

 


 राजधानी निकोसियामा आइतबार सम्पन्न भएको फाइनल राउन्डमा अन्य नौ सब टाइटल अवार्ड पनि प्रदान गरिएको छ । त्यस्तै मिस पर्सनालिटीमा सृष्टिना महर्जन, बेस्ट ट्यालेन्टमा रेश्मा वज्राचार्य बेस्ट कन्फिडेन्स तथा पर्फमेन्समा फर्पु लामा, बेस्ट हेयरमा सन्दोमा शेर्पा, बेस्ट ड्रेसमा फर्पु लामा, बेस्ट वाकमा डोमा लामा तामाङ र छिरिङ डोल्मा लामासाथै मोस्ट पपुलर र बेस्ट स्माइलमा सरु नेपालले बाजी मारे ।

हास्य कलाकार जितु नेपालले देशको समसामयिक विषयमा व्यंग्य गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मिस नेपाल साइप्रसका टप बाह्र सुन्दरीसँग ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतमा ठुम्का लगाउँदै दर्शकले भरपूर आनन्द दिए  ।

टप १२ का प्रतियोगीले विविध गीत र नृत्य प्रस्तुत गरे । स्थानीय कलाकारको प्रस्तुतिले माहोल झनै ततायो ।  गौरव नेपालले ’हंगामा भो’ बोलको गीत गाएर दर्शक उफारे । ‘बोल्दैन त्यो तिम्रो तस्बिर’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दै डान्सर विशान्तजंग शाहीले वाहवाही बटुले । चर्चित कोरियोग्राफर नीरञ्जन खत्री र सविता ठाकुरले ‘चिलबिल चिलाबिल चाचारी’ बोलको गीतमा दमदार नृत्य प्रस्तुत गरे  । 

रोजिना जोशीको सभापतित्वमा भएको कार्यक्रममा हास्य कलाकार जितु नेपाल र स्पिन इभेन्ट्सका प्रबन्ध निर्देशक निकेशप्रसाद जोशीको प्रमुख आतिथ्यता थियो ।  कार्यक्रममा  विशेष अतिथि नीलम पञ्जियार र अन्य अतिथिमा एनआरएनए आईसीसी सदस्य रञ्जितकुमार महतो, एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्ल, मिस नेपाल साइप्रस २०१५ की विजेता रियांची शेर्पालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो  ।

निर्णायक मण्डलमा सुरेशकुमार परियार, रञ्जितकुमार महतो, नीलम पञ्जियार, जसुमाया पुन, गोविन्द गुरुङ र यांकी ह्याल्मो थिए । कार्यक्रम डीएसआर टिमले आयोजना गरेको हो । 

तस्वीर सौजन्य : समिम मियाँ/साइप्रस 

प्रकाशित : मंसिर २५, २०७४ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?