साउदीमा घरेलु कामदारलाई तलब कार्ड

कान्तिपुर संवाददाता

काठमाडौं — साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्रै सबै रोजगारदाता (स्पोन्सर) ले आफ्ना कामदारलाई यो कार्ड दिनुपर्ने नियम लगाएको हो ।

साउदीमा घरेलु कामदारअन्तर्गत निजी सवारी चालक, हाउसमेड, माली, उँट बाख्रा हेरालु र खेतीपाती (मजरा) मा काम गर्ने कामदार पर्छन् । 
श्रम मन्त्रालयका प्रवक्ता खालिद अबा अल–खैलका अनुसार घरेलु कामदारको तलब बैंकबाट नियमित रूपमा पाउने गरी तलब कार्ड दिनुपर्ने नियम लगाइएको हो । ‘साउदीमा कामदार आइपुगे लगत्तै स्पोन्सरले पिप्रेड कार्ड वा तलब कार्ड दिनुपर्छ,’ स्थानीय अरबिक समाचारपत्र अल–इक्टी सादिअहसँग खैलले भनेका छन्, ‘यसले समयमा तलब पाउने अवस्थालाई सुनिश्चित गर्छ ।’ साउदीमा घरेलु कामदारलाई स्पोन्सरहरूले समयमा तलब दिने गरेका छैनन् । महिनौंसम्म तलब नदिई कामदारहरूलाई जबर्जस्ती काम गर्न बाध्य बनाउने गरेको छन् । यसबाट नेपाली कामदारहरू वर्षौंसम्म घर फर्किनसमेत वञ्चित हुनुपरेको छ । 
साउदीका सबै बैंकहरूले ‘पेरोल कार्ड’ दिन सक्ने सुविधा दिएको छ । साउदी इन्भेस्टमेन्ट बैंकका वेबसाइटमा पेरोल घरेलु कामदारको सुविधाका लागि ल्याइएको हो । यो कार्ड भएका कामदारले एटीएमबाट आफ्नो तलब झिक्न पाउने सुविधा दिइएको छ । नेपालसहित एसियन देशले तलब नदिने समस्या भएपछि साउदीमा घरेलु कामदार पठाउन रोक लगाएको छ । साउदीले स्रोत देशहरूले लगाएको प्रतिबन्ध खुलाउनका लागि घरेलु कामदारलाई अधिकार दिने र उनीहरूको तलब सुरक्षा गर्ने गरी कानुन र नियमहरू नयाँ बनाउँदै ल्याएको हो ।
श्रम मन्त्रालयका अनुसार तलब कार्ड बनाउन कामदारसँग स्पोन्सरले शुल्क लिन पाइने छैन । साउदीमा हाउसमेड, हाउसब्वाइ, गार्डेनर, उँट बाख्रा हेरालु र मजरामा काम गर्ने नेपाली कामदार कम्तीमा ५० हजार रहेको अनुमान गरिएको छ ।

 

Yamaha

Esewa Pasal

प्रकाशित : मंसिर २६, २०७४ ११:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेगाको निमित्त सीईओमा खुन्जेली

कान्तिपुर संवाददाता

काठमाडौं — मेगा बैंक नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुन्जेली नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि उनी मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।

प्रकाशित : मंसिर २६, २०७४ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT