कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका भुटानीको मृत्यु

न्युयोर्क — एक सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ । जसमा चार महिनाकी बालिका समेत छिन् । टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको स्थानीय मिडिया फक्स फोरले उल्लेख गरेको छ ।

सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका भुटानीको मृत्यु

स्थानीय मिडियाले प्रहरी प्रवक्ता ट्रेसी कार्टरलाई उदृत गर्दै दिएको जानकारी अनुसार एक ट्रकले उनीहरु सवार होण्डा सिभिक गाडीलाई हाइवे २८७ नजिकैको ब्लु माउण्ड रोडमा ठक्कर दिएको थियो । गाडीको चालक डम्बर सहित अघिल्लो सिटमा रहेकी पवित्राको घटनास्थलमै निधन भएको थियो । गम्भीर घाइते भएकी बालिकाको भने उपचारको क्रममा कुक चिल्ड्रेन हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ । गाडीमा सवार अन्य दुई बालबालिका सहित एक ब्यक्ति घाइते रहेको र हाल उपचार भइरहेको बुझिएको छ । 

कामी परिवार, चर्च बाट घर तर्फ फर्किने क्रममा आईतबार राती आठ बजे दुर्घटना भएको थियो ।

प्रकाशित : मंसिर २६, २०७४ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?